इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर -२ मा रहेको संगीत प्रतिष्ठान टोल विकास संस्थाको महिला समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । 

संगीत प्रतिष्ठान टोल विकास संस्थाको महिला समितिका अध्यक्ष उर्मिला वाग्ले तथा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा संस्थाले १ सय बढी महिला तथा पुरूषहरूलाई कार्यसमितिको काम कर्तव्य अधिकार के हो भनेर प्रशिक्षण गराएको थियोे ।  

इटहरीका संस्था तथा सामुदायिक विद्यालयका एसईईमा सर्वोकृष्ठ नम्बर ल्याएर पास गर्ने ९ जना विद्यार्थीलाई  प्रमाण पत्र वितरणमा गरिएको थियोे । सुजता घिमरे दाहालले प्रशिक्षण गराउनु भएको थियोे ।

कार्यसमितिमा बसेर कार्यसमितिको काम कर्तव्य थाहा नहुने व्यक्तिलाई काम कर्तव्य बारेमा सिकाएको संगीत प्रतिष्ठान टोल विकास संस्थाको महिला समितिका अध्यक्ष उर्मिला वाग्लेले जानकारी दिनुभयो ।

परिचयपत्र बनाउनुको मूल उद्देश्य भनेको टोल विकास संस्थामाको बैठकमा अनिवार्य लानुपर्ने र विभिन्न संघसंस्था तथा विभिन्न नगरपालिका वडा कार्यालयमा जाँदा लगाएर जानुपर्ने नियम बनाएको संगीत प्रतिष्ठान टोल विकास संस्थाका अध्यक्ष विकाश भण्डारीले जानकारी दिनुभयो । नियम बनाएर यो लागू गरिएको उहाँको बताउनुभयो । ७७ जिल्लामा नभएको काम टोल विकास संस्थाले पहिलोचोटि गरेको उहाँको दावि छ ।

प्रशिक्षणले संस्थालाई अब्बल र सक्षम बनाउन ठुलो सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि  इटहरी २ का वडा अध्यक्ष माधव कोइरालाले बताउनुभयो । संस्थालाई आगामी दिनमा सहयोग गर्दै आउने उहाँको भनाइ थियोे ।

कार्यक्रमलाई संगीत प्रतिष्ठान टोल विकास संस्थाका अध्यक्ष विकाश भण्डारी, सचिव बालकुमार बिष्ट , सहसचिव मन्जु बस्नेत ,सदस्य बिमला सुवेदीले आर्थिक सहयोग गरेका थिए ।एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न  भएको छ ।