खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु ९८ करोड ९४ लाखको बजेट तथा कार्यक्रम पेस गरेको छ ।
‘नगर हाम्रो प्राण–नगर हाम्रो शान, नगर मै छ जिन्दगी, विकासमा छ ध्यान’ भन्ने नाराका साथ सोमबार सम्पन्न ११ औँ नगरसभामा उपप्रमुख विशन राईले रु ९८ करोड ९४ लाख ४२ हजार ९९५ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रममा सङ्घीय सशर्त अनुदान अन्तरगत चालुतर्फ अनुमानित रु ४७ करोड ६६ लाख १२ हजार र पुँजीगततर्फ रु चार करोड ७७ लाख ८२ हजार बजेट प्रस्तुत गरिएको छ । यस्तै, सङ्घीय समपुरकबाट सञ्चालित योजनाका लागि रु एक करोड, प्रदेश समपुरकबाट सञ्चालित आयोजनाका लागि रु दुई करोड, प्रदेश सशर्त अन्तरगत चालुतर्फ रु ७२ लाख ६१ हजार र पुँजीगततर्फ रु सात करोड ३४ लाख ७३ हजार विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।
सङ्घीय तथा प्रदेश सशर्त अनुदान साझेदारी कार्यक्रमका लागि रु दुई करोड ९२ लाख बजेट विनियोजन गरिएको उपप्रमुख राईले बताउनुभयो । वडा तहमा जाने पूँजीगत योजनाका लागि रु चार करोड ७५ लाख ५० हजार, कार्यक्रम खर्च रु एक करोड २० लाख र चालु अन्तरगत रु एक करोड १६ लाख बजेट विनियोजन गरेको हो ।
कृषि तथा पशुपन्क्षीकाव्यवसायिक केरा खेती लागि रु १५ लाख र कफी खेती प्रबर्द्धनका लागि रु ४५ लाख, रैथाने बाली प्रबर्द्धन लागि रु छ लाख विनियोजना गरिएको छ ।
रोजगारी तथा लघु उद्यमवैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरुका लागि पुनः एकीकरण परियोजना सञ्चालन गर्न सङ्घ र नगरपालिकाको लागत साझेदारीमा रु एक करोड ११ लाख र वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी सुरक्षित आप्रवासन परियोजना अन्तरगत रोजगार प्रबर्द्धन कार्यक्रमका लागि रु ३९ लाख ५४ हजार बजेट विनियोजन भएको छ ।
स्थानीय स्रोत साधन परिचालन गरी रोजगारी प्रबर्द्धन गर्न लघु उद्यम विकास कार्यक्रमतर्फ रु १३ लाख, नगरपालिकाभित्रका सूचीकृत बेरोजगारहरूलाई रोजगारीको सुनिश्चितता गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि रु ८४ लाख १३ हजार बजेट विनियोजन गरिएको हो । सहकारीसहकारी कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।
भाषा, संस्कार, संस्कृति संरक्षणकिराँत रिङ्गा लिङ्छा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ मा भवन निर्माण गर्न रु २५ लाख बजेट विनियोजन गरिएको उपप्रमुख राईले बताउनुभएको छ ।


