इटहरी / इटहरी उपमहानगरपालिकाको १५ औ नगरसभा ढिला सुरु हुने भए पछि नगर सभा सदस्यहरुले बिरोध जनाएका छन । 

इटहरीको लायन्स भवनमा इटहरी उपमहानगरपालीकाले १ बजे बस्ने भनी पत्राचार गर्यो । पुनः ५ बजे गर्ने भनेर सुचना निकालेर ७ बजेसम्म नगरसभा सदस्यहरुको हाजिरी गराएर बसेका थिए । ६ बजे सम्म कार्यपालीकाका कुनै पनि सदस्यहरु नगर सभा स्थानमा आएन्न । नगरका कर्मचारीले हाजिरी दर्ता गर्दै गर्दा नगरका कर्मचारी असोक कोइराला बाट नगर सभासदस्य दिपक घिमिरेले मान्युट खोस्न खोजेपछि कोइरालाले माइन्ट्युट आफ्नो कब्जामा लिएका थिए । 

 नगर सभा १ बजे बस्ने भने पछि, इटहरी वडा न. १८ का जनप्रतिनिधि जसमिन चौधरीले आफुहरुलाई राती घर जान समेत गाह्रो हुने बताउदै सवारी साधन नभेटिने गुनासो गरेकी वडा सदस्य चौधरी छ्न । इटहरी उपमहानगरपालिकामा काङ्ग्रेसको नेतृत्वको सरकार छ । नगर सभा सुरु गर्नु पर्ने बेलामा कार्यपालिका सदस्य भने कार्यपालीका बैठक बसिरहेका छ्न । नगरसभा गर्ने स्थानीनमा समेत कार्यपालीका सदस्य समेत ७ बजे सम्म आएका छैन ।