सुनसरी / सुनसरीको इनरूवा नगरपालिकाको १३ औं नगर सभा अधिवेशनबाट ७७ करोड ३५ लाख ९७ लाख बजेट पेश गरेको छ ।
१३ औं नगर सभा अधिवेशनबाट "विकासका लागि प्राकृतिक स्रोत , नागरिकको समृद्ध इनरुवाको सोच " भन्ने मूल नारा सहितको नीति तथा कार्यक्रमबाट नगरपालिकाले ७७ करोड ३५ लाख ९७ लाख बजेट पेश गरेको हो ।
संघीय समानिकरण अनुदान रु. १७ करोड २४ लाख, संघीय शसर्त अनुदान चालु रु. ३० करोड ५२ लाख, संघीय समपुरक अनुदान अनुदान रु. ६५ लाख, प्रदेश समानिकरण अनुदान रु.१ करोड १० लाख ६ हजार, प्रदेश समपुरक अनुदान रु. १ करोड ३० लाख, प्रदेश शसर्त अनुदान रु. २ करोड ३ लाख, संघीय राजश्व बाँडफाट रु. १२ करोड ९७ लाख, प्रदेश राजश्व बाँडफाट (सवारी कर) रु. ८८ लाख २६ हजार र मालपोत रजिस्ट्रेशन शुल्क, अन्य राजश्व सहितको आन्तरिक श्रोत रु. १० करोड ६६ लाख ६५ हजार गरी आ.व. २०८१/०८२ को कुल अनुमानीत आय रकम रु. ७७ करोड ३५ लाख ९७ हजार अनुमान बजेट नगरपालिकाका उपप्रमुख विनिता कुमारी मेहताले २०८१/८२ को वार्षिक निति कार्यक्रम तथा आय व्ययको अनुमानि बजेट प्रस्तुत गर्नु भएको थियोे ।
पुर्वाधार विकास ,सामाजिक विकास , स्वास्थ्य ,धर्म संस्कृति जर्गेना , कृषि तथा पशु विकास , सहकारी तथा वित्तीय सेवा , वन वातावरण तथा विपद् व्यवस्थापन , सुचना प्रविधि तथा अभिलेख व्यवस्थापन , सुशासन तथा संस्थागत विकास लगाएत क्षेत्रका लागि नीति तथा कार्यक्रम समेटिएको छ ।
नगरवासीमा न्युनतम भौतिक र मानवीय सेवा पुर्याउने , नगरको शैक्षिक गुणस्तर सुधार गर्ने , नगरक्षेत्रमा व्यापारिक, व्यवसायिक, कृषिजन्य तथा पर्यटकीय क्षेत्रलाई सुदृढ व्यवस्थित गरी आर्थिक कृयाकलाप विस्तार गर्ने, उपलव्ध स्रोत साधनको उचित सदुपयोग प्राथमिकता क्षेत्र निर्धारण गरी आर्थिक समृद्धि हासिल गर्ने , सामाजिक समावेशीकरण तथा सन्तुलित विकास गर्ने र सुशासन प्रवर्द्धन गर्ने लगाएत क्षेत्र आर्थिक वर्षको उदेश्य रहेको नगरपालिकाका उपप्रमुख मेहताले बताउनुभयो ।
नीति तथा कार्यक्रमले नगरपालिकाका अध्यक्ष केदार भण्डारीले यहाँको जनताको आवश्यकता र नगरपालिकाको प्राथमिकतालाई ध्यानमा राख्दै बजेट, नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो । गत सालको भन्दा कमै बजेट आएपनि नगरपालिकालाई विकास निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ थियोे ।
गत वर्ष ८३ करोड ७३ लाख ८७ हजार २ सय ९१ बजेट थियोे । आगामी बैठक असार २२ गते बस्ने गरि पहिलो बैठक सम्पन्न भएको छ ।
सो नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ,१० वटै वडाका वडा जनप्रतिनिधि ,गाउँपालिका तथा वडाका कर्मचारी ,स्वास्थ्यकर्मी लगाएतको उपस्थिति रहेको थियोे ।


