सुन्दरहरैचा / मोरङको सुन्दरहरैंचामा सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ।

प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि को आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहकार्यमा सुन्दरहरैंचा नगरपालिका वडा -४ कार्यालयको सभाहलमा ५ दिन सम्म सो तालिम संचालन भएको थियो।

आइतबार प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लिको प्रमुख बिकल पौडेलको अध्यक्षतामा संचाल भएको सो कार्यक्रम नगर उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

 सो वडा अध्यक्ष कैलाश बस्नेतले लेखा तालिम लिएका विभिन्न सहकारीकर्मीले लिएको ज्ञानलाई सदुपयोग गर्नुहुनेछ भने बिश्वास लिदै पार्दर्शी ढङ्गले लेखा व्यवस्थापन गर्ने शुभेच्छा प्रकट गर्नुभयो।

उपप्रमुख अकली चौधरीले नगरपालिकाले अनुगमन गर्ने प्रक्रिया रहेको भन्दै एक सहकारीलाई प्रक्रियागत नगरेकोले साधारणसभा बदर गरेर पुन:  साधारणसभा समेत गराएको बताउनुभयो। अटेर गर्ने प्रतिवेदन नबुझाउने सहकारीलाई जरिवाना तोक्ने समेत बताउदैं सहकारीमा भोलि केही अप्ठ्यारो परेमा संचालक समिती, लेखा समिति मुछिने हुंदा सो विषयमा कर्तव्य बोध समेत गराउनु भयो।