मोरङ / मोरङको केराबारी गाउँपालिकाको १४ औं गाउँ सभा अधिवेशनबाट नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
१४ औं गाउँ सभा अधिवेशनबाट "कृषि पर्यटन सहितको पुर्ण पुर्वाधार समृद्ध केराबारी हाम्रो आधार" भन्ने मूल नारा सहितको नीति तथा कार्यक्रम ल्याएको छ ।
पुर्वाधार विकास का नीति, शिक्षा युवा तथा खेलकुद , सामाजिक विकास सम्बन्धि नीति ,स्वास्थ , खानेपानी तथा सरसफाइ , आर्थिक विकास सम्बन्धि नीति ,पशुपन्छी तथा मत्स्य ,उद्यम विकास , राजस्व पर्यटन रोजगार ,वातावरण तथा विपद व्यवस्थापन , संस्थागत क्षमता विकास सेवा प्रवाहर सुशासन लगाएत क्षेत्रका आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष मनमाया मगरले प्रस्तुत गर्नु भएको थियो ।
गाउँपालिका भित्रको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात र सम्मान गर्दै गाउँपालिका भित्रको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात र सम्मान गर्दै सामाजिक एवम् सांस्कृतिक समानता, सहिष्णुता र सद्भावका आधारमा गाउँपालिका भित्रको एकता मजबुत बनाउने नीति लिइने ,उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरुमा लागत सहभागितालाई विशिष्टिकरण गरी निरन्तरता दिईने ,खोला नदि उकासमा रहेका तथा अन्य सार्वजनिक जग्गाहरुको पहिचान गरी सम्भाब्यताको आधारमा वृक्षारोपण तथा सामुहिक खेती गरी गाउँपालिकाको आन्तरिक श्रोतलाई मजबुत गर्दै लगिने लगाए बाटो निर्माण सँगै सँगै स्थतर उन्मुक्ति गरिने गाउँपालिका उपाध्यक्ष मनमाया मगरले प्रस्तुत गर्नु भएको थियो ।
गाउँपालिकालाई विकास निर्माणका काममा अगाडि बढाउदै समृद्ध र सुशासन रहित गाउँपालिका बनाउने गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले बताउनुभयो । गाउँ सभाको निति तथा कार्यक्रमले आगामी दिनमा गाउँपालिका विकासका कामा अगाडि बढाउन महत्त्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ थियोे ।
हरपल हर ठाउँमा समन्वय , सहकार्य ,साझेदारी र सहयोग हुनु पर्ने गाउँ सभाका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य खड्क बस्नेतले बताउनुभयो । वडाका जनप्रतिनिधि र कर्मचारी मिलेर काम गरे गाउँपालिकालाई समृद्ध बनाउन सकिने उहाँ भनाइ थियोे ।
सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १ का वडा अध्यक्ष सरन थापा मगर,आर्थिक विकास समिति संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष प्रेम कुमार लिम्बू, पुर्वाधार विकास समिति संयोजक तथा वडा नम्बर १० का वडा अध्यक्ष पुर्ण बहादुर मगर लगाएत जनप्रतिनिधिले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का को बजे भोलि सोमबार बन्द सत्रबाट सार्वजनिक गर्ने भएको छ । सो गाउँ सभामा गाउँपालपकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ, १० वटै वडाका जनप्रतिनिधि ,गाउँपालिका तथा वडाका कर्मचारी ,स्वास्थ्यकर्मी लगाएतको उपस्थिति रहेको थियोे ।


