सुनसरी / कोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि “ सुरक्षित र समृद्ध कोशीको आधार , कृषि पर्यटन र दिगो पुर्वाधार“प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शनिबार बसेको १६ औं गाउँसभामा गाउँपालिका अध्यक्ष ऐेयुब अंसारीले “सुरक्षित र समृद्ध कोशीको आधार , कृषि पर्यटन र दिगो पुर्वाधार ” भन्ने मूल नारा सहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाले आर्थिक वर्षका लागि जम्मा अनुमानित ५३ करोड ७४ लाख ५७ हजार बजेट पेस गरेको छ ।
गत वर्ष चालु आ.व. २०८०÷०८१ को लागि गाउँ सभामा ५५ कारेड ९१ लाख ४० हजारको बजेट प्रस्तुत गरिएको थियो । २०८१ जेठ मसान्त सम्ममा जम्मा रु ४६ करोड ९१ लाख २८ हजार ९ सय ४७ गाउँपालिकाको सञ्जित कोषमा निकासा प्राप्त भई रु ३३ करोड ७८ लाख ३४ हजार ६ सय २५ खर्च भएको छ, जुन कुल बजेटको ६०.४२ प्रतिशत हो । यस मध्ये चालु खर्च ६९.०२ प्रतिशत र पुँजीगत खर्च ४४.८७ प्रतिशत रहेको छ ।
पालिका क्षेत्र अन्तर्गतका मुख्य सडकहरु र सहायक सडकहरुको प्याकेज बनाई बहुवर्षिय ठेक्का मार्फत काम भइरहेकोमा विभिन्न ठेक्का गरी औषत ३० प्रतिशत काम पुरा भएको छ । चालु आर्थिक वर्षको अन्त्य सम्ममा ४० प्रतिशत निर्माण कार्य पुरा हुने क्रममा रहेको गाउँपालिकाका अध्यक्ष ऐेयुब अंसारीले बताउनु भयो ।
गाउँ पालिकालाई कृषि पर्यटन र दिगो पुर्वाधार विकासमा सहयोग गरेको अधिवेशनका प्रमुख अतिथि सुनसरी क्षेत्र नं.४ क का सासंद सदानन्द मण्डलले बताउनुभयो । सांसद भएपछि सिचाइ योजनामा समेत सहयोग गरेको उहाँको भनाइ छ ।
राजस्व संकलन कोशी गाउँपालिका वडा नम्बर १ का प्रथम भएको जनप्रतिनिधिलाई नगद ५ र प्रमाण पत्र दिएर सम्मान गरिएको थियोे भने दोस्रो स्थान हासिल गरेको वडा ३ नम्बरलाई ४ हजार नगद र प्रमाण पत्र ,तेस्रो स्थानमा हासिल गरेको वडा नम्बर ७ लाई ३ हजार नगद र प्रमाण पत्र दिएर सम्मान गरिएको थियोे ।
गाउँपालिकाका लेखा अधिकृत सुर प्रसाद दंगाललाई बेरूजु घटाए वापत नगद ५ हजार पुरस्कार र प्रमाण पत्र दिएर सम्मान गरिएको थियोे भने नासु कर्माचारी विनोद मिश्रलाई सुशासन क्षेत्रमा अग्रसर भएर काम गरे वापत ५ हजार नगद पुरस्कार र प्रमाण पत्रले गाउँपालिकाले सम्मान गरेको थियोे ।
७ सय ५३ स्थानीय तह मध्ये कोशी गाउँपालिका बेरूज घटाएर दोस्रो स्थानमा रहेको छ । सो गाउँ सभामा राजनीतिक व्यक्ति , कोशी गाउँपालिकाका ८ वटै वडाका वडा अध्यक्ष , गाउँपालिका तथा वडाका कर्मचारीहरूको सहभागीता रहेको थियोे ।


