सुनसरी / इटहरी उपमहानगरपालिकाले चैत १३ गतेबाट टेङ्ग्रा करिडोर निर्माण गर्ने भन्दै खोला सफाइ अभियानसँगै सीमा क्षेत्रभित्रका अवैध संरचना हटाउने अभियान चलाएको थियो ।
स्थानियलाई डुबान मुक्त गर्न र बर्सेनि आउने बाढीबाट इटहरीमा नोक्सानी हुन नदिन खोला सफाइ अभियान चलाइएको थियो ।
सम्भावित जोखिमलाई समेत ध्यान नदिई खोलालाई उत्खन्न गरे पछि इटहरी वडा नम्बर १२ १३ का खोला छेउछाउ घरहरू भत्किएपछि पिडितहरू इटहरी उपमहानगरपालिकामा आएर घेराउ गरेका थिए । टेङ्गा सफाइ अभियान गरियो तर सामान्य वर्ष पछि टेङ्गा खोलामा पानीको बाहाव बढे लगतै खोला छेउका घर बाढी आएपछि भत्किएका छन् ।
जब वर्षा सुरु हुन्छ तब खोला उत्खन्न गरिन्छ । स्थानीय बासीका खोला छेउछाउका आधा घरहरू बाढीले बगाएको छ । खोला तर्न बनाएका पुल समेत बाढीले क्षति ग्रष्त बनाएको छ । खोला उत्खन्नले स्थानीयलाई बाढीले झन् झन् अप्ठ्यारो पर्दै गएको गुनासो गदै आफुहरु मार्कमा परेको स्थानिय बताउछन् ।
स्थानीयबसाीको खोला छेउछाउका घरहरू बाढीले बगाउने अवस्था देखिन्थयो । हिजो राति आएको बाढीले स्थानीयको घरका खाद्यान्न सामग्री बगाएर लगेको थियोे भने पुल समेत भत्काएको थियो ।
सो खोला सफाइ गरेपछि स्थानीयलाई बाढीले झन् झन् अप्ठ्यारो पर्दै गएको इटहरी १६ का स्थानीय उपेश सरदारले बताउछन् । बाढी आउदा नेपाली सेना , नेपाल प्रहरी , प्रहरीले सुरक्षा दिने उपमहानगरले जनाएको छ ।
टेङ्ग्रा खोला सफाइ अभियान तत्काललाई कुनै गतिविधि नगर्न र सक्कली नक्सासँगै श्रेस्ता झिकाउन उच्च अदालत विराटनगरले आदेश जारी गरेपछि खोला सफाइ अभियान स्थगित भएको हो ।
इटहरी उपमहानगरले गत चैत १३ गतेबाट टेङ्ग्रा करिडोर निर्माण गर्ने भन्दै खोला सफाइ अभियानसँगै सीमा क्षेत्रभित्रका अवैध संरचना हटाउने अभियान चलाएको थियो । बर्सेनि आउने बाढीबाट इटहरीमा नोक्सानी हुन नदिन टेङ्ग्रा करिडोर योजनासँगै खोला सफाइ अभियान चलाइएको थियो ।
टेङ्गा खोला ६ ,६ मिटर सफाइ गर्दा घरको भत्किएका छन् । इटहरी वडा नम्बर १२ मा एउटा घर भत्किसकेको छने ६,७ वटा घर भत्किने अवस्थामा छन् । बाढीले निकै समस्या दिएकाले पिढितले।न्याय पाउनु पर्ने उनीहरूको माग छ । न्याय पाउपर्ने स्थानीय निर्मल तिम्सिनाले बताए ।
इटहरी वडा नम्बर १३ र १२ मा बाढीले निकै समस्या गरेको गुनासो गरेपछि सहयोग गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान इटहरी नगर समितिका संयोजक सरोज तामाङले बताए ।
अदालतले तत्काललाई खोलामा कुनै प्रकारको गतिविधि नगर्न र खोलाको साबिक र हालको श्रेस्ता झिकाउन आदेश गर्नुका साथै वैशाख ३१ गते पेशीसमेत तोकेको छ । गत चैत १३ गतेबाट सञ्चालन भएको खोला सफाइ अभियान अन्तिम समयमा आएर अदालतले रोक लगाएपछि करिडोर निर्माण अलपत्र पर्ने हो कि भन्ने चिन्ता थपिएको छ । इटहरी–२ को तालतलैया सिरानबाट सुरु भएको अभियान १ महिना बढी सफाइ गरिएको थियोे ।
हालसम्म अभियानको क्रममा ५७ वटा अवैध संरचना हटाइएको संयोजक तथा वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बताए । अदालतको आदेशलाई सम्मान गर्दै तत्काललाई खोलाभित्र कुनै गतिविधि नगरेको र फैसलाको पर्खाइमा रहेको पनि उनले बताए ।
टेङ्ग्रा खोला सफाइ अभियानमा अदालतले ‘ब्रेक’ लगाएपछि उपमहानगरले खेतीखोलालाई निशाना बनाएको छ । ३५ दिने सार्वजनिक सूचना जारी गर्दै खेती खोलाको सीमाभित्र पर्ने अवैध संरचना ३५ दिनभित्र हटाइसक्न सम्बन्धित घरधनीहरूलाई आग्रह गरेको छ । त्यसपछि फेरि ३५ दिने सुचना सकिएपछि १५ दिने सुचना जारी गरेको छ । एक महिनाअगाडि नै इटहरी उपमहानगरपालिकाले खोला–पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरिसकेको भन्दै यो काम अब नरोकिने उपमहानगरले जनाएको छ ।
इटहरी डुवानका कारण बर्सेनि इटहरीका व्यापारीहरुको अरबौंको व्यापारिक वस्तुहरु नष्ट हुने गरेका छन् । इटहरी बजार डुवान हुँदा कतिपय भुइं तले घर पुरै डुवाउछ । कतिपयको कोठामा कम्मरसम्म पानी जम्छ । एक व्यापारीको करिव ३ लाखका समान क्षति हुँदा पनि हजारौं व्यापारीको अरवको हाराहारीमा क्षति हुने गरेको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले निर्वाचनका समयमा स्थानीय मतदातासंग भोट माग्न जाँदा इटहरीलाई डुवान हुन नदिने भनी वाचा गरेका थिए । स्थानीय सरकार निर्वाचित भएर कार्यभार सम्हालेपछि उनलाई केही अनुभव हासिल भएको छ । इहटरी उपमहानगरपालिकाले यो वर्ष टेङ्ग्रा खोला सफा गरेको छ । सफा गर्दा साविकको गहिराइसम्म सफा गर्नु पर्नेमा गहिरोमा भने ध्यान दिएको पाइदैन । टेङ्ग्रा खोलाको भाग छुट्याउने र खोलाको किनार दुवै तर्फ दायाँ बायाँ सडक बनाउने र खोलाई सफा गरेर शहरलाई सुन्दर बनाउने योजनामा लागेको पाइन्छ ।
इटहरी डुवान हुने मुख्य समस्या टेङ्ग्रा खोला र खेती खोलानै हुन् विगतमा मेयर द्वारिकलाल चौधरीले .खेती खोला सफा गर्ने खोलामा निर्माण भएका घर तथा संरचनाहरु भत्काउने कार्यमा नेताहरुको फोन दबाव आएकाले उक्त कार्य त्यत्तिकै रहेको थियो । मेयर हेमकर्णले भने पहिले टेङ्ग्रा खोलालाई प्राथमिकता दिएर खोला सफाईको करिव ८० प्रतिशत काम सकिएपछि खेती खोलाको काम शुरु भएको छ ।
खेती खोला सफा गर्नेक्रममा खोलामा बनेका घर संरचनाहरु परेका सम्बन्धितले वार्ता समिति बनाएर इटहरी उपमहानगरपालिकामा वार्ता गर्न मेयर पौडेलले अनुरोध गरेका छन् । खेती खोलामा ४ नं. वडा, ५ नं. वडा, ६ नं. वडा र ७ नं. वडा का जनता प्रभावित हुने देखिएको छ ।


