सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाका उप प्रमुख अनुगमन संयोजक अकली चौधरीले निर्माणधिन बाटो र निर्माण हुदै गरेको बाटोको अनुगमन तिब्र रुपमा गर्दै आउनु भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाले एक वर्षको अवधिमा विकास निर्माणका कामहरू मध्ये सुन्दहरैंचा नगरपालिको विभिन्न ठाउँमा निर्माणधिन बाटो तथा कामको अनुगमन संयोजक उप प्रमुख अकली चौधरी, अनुगमन सदस्य बबिता खापुङ्ख लगायत नगरका प्राविधिक कर्मचारीहरु सहितको टोलीले ९ नम्बर वडाको ग्राबेल बाटो र १० नम्बर वडाको ग्राबेल बाटो र निर्माण हुन लागेको पिच बाटो अनुगमन गरिएको हो ।
नगरका भित्री क्षेत्रका पिछडिएका क्षेत्रमा बाटो निर्माण हुदा स्थानीय उत्साहित भएको सुन्दहरैंचा वडा नम्बर १० का स्थानीयहरू बताउछन् । नगरपालिकाको काम प्रती स्थानीयहरू सन्तुष्ट छन् ।
अनुगमन तिव्र गतिमा भइरहेको र एक वर्षको अवधिमा २ सय बढी बाटोहरू स्तरउन्नति भएको उप प्रमुख चौधरीले बताउनुभयो । न्युन गुणस्तरीय काम भएकाले गुणस्तर युक्त काम गर्न लगाइएको उहाँको भनाइ छ ।
नगरपालिकाले विकास निर्माणहरूका कामहरू अनुगमन गर्दै आएको छ । बाटोलाई व्यवस्थित बनाउन नगर स्तरीय योजनामा राखेर काम अगाडि बढिरहेको नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाइले जानकारी दिनुभयो ।


