इटहरी / इटहरी उपमहानगरपालिका वडा नं ९ बिपि चौक मा उपभोक्ता स्वास्थ्य सचेतना तथा आत्मनिर्भर योजना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम बिपि मार्ग टोल विकास संस्था र हेल्दी लिभिङ प्रालि को सहकार्यमा कस्तुरी कलेज भवनमा सम्पन्न भएको छ ।
बिपि मार्ग टोल विकास संस्थाका अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा विपि मार्ग टोल क्षेत्रका महिला तथा पुरुष हरुको सहभागितामा भएको कार्यक्रममा हेल्दी लिभिङका थिर बहादुर चौधरी र अनुराधा चौधरीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा उपभोक्ता स्वास्थ्य सचेतनाका बिषयमा सहजिकरण भएको र यसले समाजमा स्वास्थ्य सचेतना ल्याउने स्थानिय समाजसेवी शम्भु पाण्डेले बताउनुभयो।


