सुनसरी । कोशी प्रदेश सुनसरी जिल्लामा रहेको गढी गाउँ पालिकाका निर्वाचित गाउँपालिकाहरुका अध्यक्ष,उपाध्यक्ष ,जनप्रतिनिधि तथा कर्मचारी समेतकाे उपस्थितिमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक कार्यक्रम सम्पन्न भएकाे छ । 

करिव १०० जना भन्दा धेरैको उपस्थितिमा मिति २०८१जेष्ठ २५ गतेका दिन गढी गाउँपालिकामा सभा भवनमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्दनमा स्थानीय तहको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम गढी गाउँपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको संयुक्त आयोजनामा सम्पन्न भएकाे हाे ।

IMG_20240607_122607

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरी उपसचिव निरज कुमार देव, अधिकृत सरोज थापा, गढी गाउँपालिकामा अध्यक्ष आसाराम चौधरी, उपाध्यक्ष नितु कुमारी चौधरी, प्रमुख प्रसासकिय अधिकृत दिल बहादुर खड्का, लेखा प्रमुख बाबुराम पौडेल लगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र शुसासन प्रवर्दनमा स्थानीय तहको भूमिका विषयमा अन्तरक्रिया गरिएको थियो ।

IMG_20240607_122551

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरी अधिकृत सरोज थापाले स्थानीय तहले गर्ने विकास निर्माण तथा सेवा प्रवाहको कार्यलाई प्रभावकारी बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्थानीय तहसँगै रहेको विषयमा जोड दिंदै सरकारप्रतिको अनुभूति जनतासामु पुर्याउने साधनको रुपमा स्थानीय सरकार रहेको हुँदा स्थानीय शासन र सेवा प्रवाह नियम, विधि र प्रक्रिया संगत हुनुपर्ने बताए । उनले भावी दिनमा स्थानीय सरकारबाट जति जति विकासका गतिविधि संचालित हुँदै जान्छन त्यतिनै सरोकारवाला निकायहरु पनि सजग रहेर हेरिरहेका हुने बताए। 

IMG_20240607_122656

उपसचिव निरज कुमार देवले विधिको शासन र पारदर्शितालाई पूर्णरुपमा पालना गरेमा भ्रष्टाचार नै हुँदैन र जनताले शुसासनको अनुभुति गर्नेछन भन्ने विश्वास व्यक्त गरे । काम गर्दा नियतले होइन नीतिले गरौं, प्रवृत्तिले होइन पद्दतिले गरौं र स्थानीय तहमा शुसासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रण गर्न आयोग सदा साथ रहेको विषयलाई जोड दिदै कुनै पनि उजुरीका विषयमा आयोग रहरले होइन वाध्यताले प्रवेश गरेता पनि नियम, विधि, प्रक्रिया तथा पारदर्शिताका साथ काम गर्न सबै सरोकारवाला निकायहरुको सक्रिय भूमिका रहने कुरामा उपसचिव निरज कुमार देवले जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष आसा नारायण चौधरीले जनप्रतिनिधि तथा कर्मचारीहरुले जिम्मेवारीका साथ काम गर्नुपर्ने, कानुनले निर्दिष्ट गरेका प्रक्रियाहरुको पालना गर्नुपर्ने र स्थानीय तहमा शुसासन कायम गर्नुपर्ने विषयमा जोड दिए ।

आयोगले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न विभिन्न किसिमका प्रवर्ध्दनात्मक रणनीतिहरु अपनाउदै आएको छ। यस अन्तर्गत आयोगको अगुवाइमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग संयुक्त रुपमा स्थानीय निकायका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थानीय सरकारसंग आयोगको अपेक्षा र भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग विषयमा विभिन्न स्थान अन्तर्क्रिया गोष्ठी सञ्चालन हुने गरेको को छन ।