इटहरी /हाम्रो भूमी,हाम्रो भविष्य भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवसको अवसरमा इटहरी उपमहानगरपालिका वडा नं १६ मा बिरुवा रोपण गरिएको छ इटहरी उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका वडा नं १६ को आयोजनामा वडाध्यक्ष तेजनारायण चौधरीको अध्यक्षता तथा नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा लबिपुर चौक बाट वडा कार्यालय नहर जाने बाटो दायाँ बायाँ सिरिसको बिरुवा रोपिएको हो ।

IMG_20240605_083201

हरेक वर्ष नगरपालिका बिभिन्न क्षेत्रमा वृक्षारोपण तथा सरसफाई गर्ने प्रचलन रहेकोमा यो १६ न वडामा वडा लाइ सुन्दर हरियाली, फुलै फुलको गाउँ पर्यटकीय क्षेत्र बनाउन यस क्षेत्रलाइ रोजेर सबैको सहयोगमा रोपिएका बिरुवाको संरक्षण वडाले गर्ने र अगामी दिनमा समेत खाली ठाउँमा वृक्षारोपण गरेर हराभरा, सुन्दर वडा बनाउने वडा अध्यक्ष तेज नारायण चौधरीको भनाइ छ ।

IMG_20240605_083240

 बिरुवा रोपणमा जनप्रतिनिधि सिताराम चौधरी, खिना खतिवडा, सुनिल चौधरी, धनमाया बिक साथै नगरपालिका कर्मचारी, सेभेन स्टार क्लब, सहयोगि हातहरु, बालग्राम टोल बिकास सस्था, नेपाल खेलकुद महासंघका सुनसरीका पदाधिकारीहरु, बातावरण साखा प्रमुख पुस्प नारायण चौधरी, सेभेन स्टार क्लबका अध्यक्ष नवराज पौडेल, बालग्राम टोल बिकास सस्था अध्यक्ष देबि प्रसाद भट्टराई तथा स्थानीय सर्वसाधारणको सहभागिता थियो ।     

IMG_20240605_075645      IMG_20240605_081851