रामधुनी /रामधुनी नगरपालिकाले छैटौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइएको छ । ‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ नाराका साथ दिवस मनाइएको हो।
दिवसको अवसरमा रामधुनी नगरपालिकामा नगर उपप्रमुख तारा थापाको अध्यक्षता तथा नगर प्रमुख संखर लाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रसासकि अधिकृत पुरुसोत्तम ढकाल, वडा अध्यक्ष महेश चौधरी, रामनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आत्मनिर्भर छोरीको सम्मान’का बिषयमा अन्तर्क्रिया गरिनुका साथै आगामी बजेटमा महिला अधिकारका विषयमा समावेश गरेर बिभिन्न कार्यक्रम ल्याइने नगर उपप्रमुख थापाले बताउनुभयो ।
२०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको सम्झनामा राष्ट्रिय महिला अधिकार दिवस मनाइन्छ।



