इटहरी / माया घर नेपाल इटहरीद्वारा बाआमासँग गणतन्त्र दिवस कार्यक्रम आयोजना गरिएको छ ।
माया घर नेपाल इटहरीद्वारा बाआमासँग गणतन्त्र दिवसको अवसरमा साथमा कलाकार मनोज गजुरेल ,बेटी बचाउ अभियानका अभियन्ता एवम् कत्थक नृत्यकार पन्डीत हेमन्त गुरु महाराजको प्रस्तुति देखाइएको छ ।
बाआमासँग गणतन्त्र दिवस कार्यक्रमले आश्रयमा बसेका महिला , पुरूष र बालबालिकालाई सुमधुर सम्बन्ध बढ्ने संस्थाकी अध्यक्ष शुभद्रा प्याकुरेले बताउनु भयो । आश्रयमा बसेका व्यक्तिले सम्मान भएर आत्मसम्मानका साथ बाच्न पाउने अधिकारपुर्ण समाजको स्थापना नै संस्थाको लक्ष्य रहेको संस्थाकी अध्यक्ष प्याकुरेको भनाइ छ ।
कोशी प्रदेश सरकारले माया नेपाल इटहरीलाई आर्थिक सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्गले बताउनुभयो । माया घर नेपाल इटहरीले महिला पुरूष र बालबालिकालाई संरक्षण गर्दै आएको काम अवस्मरणीय भएको उहाँ भनाइ छ ।
कार्यक्रममा माया घर नेपाल इटहरीले बनाएको रहेका भिडियो र गित सार्वजनिक गरिएको थियोे । माया घर नेपालको एक इटा अभियान अन्तर्गत भवन निर्माणमा सहिभाता अभियान चलिरहेको छ । माया घरमा हाल ८ हजार बढीलाई विभिन्न कारणवस सडकमा जीवन व्यतित गर्न बाध्य भएकाहरूलाई संरक्षण दिँदै आएको छ ।
सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरी , जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य , इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी टेकबहादुर कार्की, माया घर नेपाल इटहरीका प्रतिनिधि , राजनीति , सामाजिक , बुद्धिजीवी , शिक्षक , विद्यार्थी लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।


