मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित चन्दनगर -विश्वबिद्यालय गोठगाउ सडकखण्ड र महेश्वर सुब्बा मार्ग -लाटीझोडा आयोजनाहरुको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहिबार शिलान्यास गरेका छन् ।
सो सडक खण्डको शिलान्यास गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले बाटाघाटाको निमार्णकार्य समयमै सम्पन्न र गुणस्तरीय काम हुनुपर्ने बताउनुभयो। उहाँले काम सक्ने बित्तिकै भत्किने स्थिति नबनोस् र कन्स्ट्रक्सन कम्पनीलाई काम समयमै सम्पन्न गर्न समेत निर्देशन दिनुभयो।
विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन हुने चन्द्रनगरबाट विश्वविद्यालय हुँदै गोठगाउँ जोड्ने र महेश्वर सुब्बा मार्ग हुँदै लाटीझोडा जोड्ने सडक आयोजनाको शिलान्यास कार्य सम्पन्न गरेका छन् ।
गत बैशाख १० गते हेटौडा मकवानपुरको लामा – बानिया जेभी र सुन्दरहरैचा नगरपालिका बीच ३५ करोड ८५ लाख २३ हजार ६ सय ६९ रुपैयामा ठेक्का सम्झौता भइसकेको छ। आयोजना अन्तर्गत चन्दनगर -विश्वबिद्यालय गोठगाउ सडक खण्ड ४ किलोमिटर ७ सय सैतीस मीटर र महेश्वर सुब्बा मार्ग -लाटीझोडा सडकखण्ड ५ किलोमिटर ७५ मिटर सडक निर्माण हुनेछ।
जसमा डवल लेनको बाटो,दुवै तर्फ सडक बत्ती,दुवै तर्फ फुटपाट दुवै तर्फ पक्की ड्रेन हुने नगरपालिकाले गरेको सम्झौतामा उल्लेख गरिएको छ। यस्तै,८ वटा पाइप कल्भट र १४ वटा बक्स कल्भटका साथै,सम्पूर्ण ट्राफिक साइन सिन्गलहरु सहित सडक कालोपत्रे हुनेछ। आयोजना २०८२ जेठ ३२ गते सम्पन्न हुने जनाएको छ ।
सुन्दरहरैंचा नगरपालिका क्षेत्रका विभिन्न सडकको समस्याको बारेका सङ्घीय सरकार र प्रदेश सरकारसँग छलफल गरेर बजेट माग्ने र नगरलाई सुन्दर सफा समृद्ध बनाउने सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरगाईंले बताउनुभयो।


