इटहरी वडा नं १७ बस्ने सार्थक चौधरीलाई सहयोग हातहरु बाट सहयोग जुट्न थालेको छ ।
४ वर्षे बालक चौधरी व्लड क्यान्सर बाट ग्रसित छन् । सार्थक चौधरी बचाउ अभियानका क्रममा हातेमालो मानव सेवा समुहद्वारा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ ।
इटहरी उप महानगर पालिका इटहरी १७ को वडा अध्यक्ष प्रभात कुमार आचार्यको प्रमुख आतिथ्यता तथा बिनोद घिमिरे अध्यक्षतामा भएको एक कार्यक्रममा सार्थक चौधरिको परिवारलाई रु १५७४४२/- ( एकलाख सन्ताउन्न हजार चार सय बयालिस रुपैया) रकम बराबरको लक्ष्मी बैक लि को चेक मार्फत हस्तान्तरण गरिएको छ ।
FB_IMG_1716168746780
 सहयोग चेक हस्तान्तरण कार्यक्रममा अतिथिहरु स्पाइनल इन्जुरी प्रदेश नम्बर १ का अध्यक्ष श्री बिक्रम घिमिरे, महा सचिव राजन बराइली, हातेमालो मानव सेवा समुहका केन्द्रीय महिला उपाध्यक्ष श्री पम्फा मैनाली सदस्य कुशल लाइभ होस्ट पकज वराल, सदस्य गोमा गिरि लगायत अन्य सघ सस्थाका सामजिक अभियान्ताहरुको  कार्यक्रममा अध्यक्ष बिनोद घिमिरेले हातेमालो मानव सेवा समुहले सम्पुर्ण सहयोगी मनका धनी सहयोग दाताहरु साथै रात दिन खटिरहनु टिक टक लाइभ होस्ट हातेमालो मानव सेवा समुहका अध्यक्ष श्री सन्जय श्रेष्ठ वरिष्ठ उपाध्यक्ष श्री नारायण बन , सचीव श्री राजेन्द्र धामी ,सदस्य पृती पोख्रेल , लगायत अन्य लाइभ होस्ट हरुलाइ धन्यवाद दिनुभयो ।