इटहरी / नेकपा एमाले सुनसरी जिल्ला कमिटिले आफ्नो पाटिको ८ औं जिल्ला अधिवेशनलाई लक्षित गरि रक्तदान कार्यक्रम गरेको छ ।

यहीँ जेठ ५ गतेबाट हुने सुनसरी जिल्लाको अधिवेशनलाई लक्षित गरेर नेकपा इटहरी नगर कमिटीको व्यवस्थापनमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश भट्टराईको प्रमुख आतिथ्यता तथा नेकपा एमाले सुनसरी जिल्लाका अध्यक्ष रेवती रमण भण्डारीको  अध्यक्षताममा रक्तदान कार्यक्रम गरिएको थियोे । 

उक्त कार्यक्रमबाट ९० प्रिन्ट रगत संकलन भएको होे । रक्तदान नै जिवन दान हुने भएकाले एमालेले परिर्वतन सँगै स्वास्थ्यको क्षेत्रमा पनि काम गर्दै आएको   नेकपा एमाले सुनसरी जिल्ला  कमिटिसदस्य तथा  स्वास्थ्य बिभाग प्रमुख सुवास पौडेलले बताउनुभयो । सो कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले इटहरी नगर कमिटीका अध्यक्ष यामकुमार सुब्बा, विभिन्न संघ संस्थाका प्रधिनिधि , नेकपा एमालेका प्रधिनिधि,विद्यार्थीहरूको सहभागीता रहेको थियोे ।