इटहरी / इटहरी मदिरा व्यवसायी संघको ८ औँ वार्षिकोत्सब सम्पन्न समापन भएको छ ।

इटहरीको उद्योग वाणिज्य संघको भवनमा एक कार्यक्रम गरि इटहरी मदिरा व्यवसायी संघ इटहरीले आफ्नो ८ औँ वार्षिकोत्सब गरेको हो । 

इटहरी मदिरा व्यवसायी संघका कार्य क्षेत्र ८ स्थानीय तहमा फैलिएर रहेको सदस्यहरुका विविध समस्या आईपरेको बजार अत्यन्तै अस्यव्यस्थ रहेको अवस्थामा सयौ व्यवसायीहरु पलायन भएको हुँदा इटहरी मदिरा व्यवसायी संघले दिर्घकालिन योजना स्वरुप बजार व्यवस्थापन ८ उप-समिति गठन गरी बजार लाई अस्वस्थ्य प्रतिष्पर्धाको निर्मुल गर्ने सदस्यहरुको आर्थिक स्थिीती मजबुद बनाउने सम्पूर्ण व्यवसायीहरुको हकहितको निम्ती कार्यविधि पत्र तयार गरिएको थियो ।

वार्षिकोत्सबले इटहरी क्षेत्रमा बिक्री हुने मधिरा जन्य पर्दथाहरूको मूल्य एकै किसिमको हुनु पर्ने संघले माग छ । 

इटहरीमा क्षेत्रमा बिक्रीवितरण हुने मदिरा जन्य पर्दाथहरको समान मूल्य ल्याउन संघ अग्रसर भएको  इटहरी मदिरा व्यवसायी संघका अध्यक्ष राजेन्द्र कुमार राईले बताउनुभयो । मदिरा जन्य पर्दाथ बिक्रीवितरणमा सहज बनाउन संघ लागि परेको उहाँको भनाइ छ । संघको ८ औँ वार्षिकोत्सब तथा मूल्य निर्धारणको विषयमा विवरण पेश गरेका थिए ।

मदिरा जन्य पर्दाथको मुल्य एकरूपता बनाउन सहयोग गर्ने साथै मदिरा व्यवसायहरूलाई व्यवसाय मजबुत बनाउन महासंघले सहयोग गर्ने नेपाल मदिरा व्यवसाय व्यवसाय महासंघका  कोषाध्यक्ष रमेश आचार्यले बताउनुभयो । कार्यक्रममा प्रशिक्षण चार्टर एकाउन्टेन्ट (सि.ए) निखिल घिमिरेले गराएका थिए।