इटहरी / राष्ट्रिय युवा संघ नेपाल इटहरी नगर कमिटिले सोमबार इटहरी उपमहानगरपालिकामा दीप प्रज्वलन गरेको छ । नेकपा एमाले को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको ३४ औँ स्थापना दिवसको अवसरमा इटहरी उपमहानगरपालिका अगाडि दीप प्रज्वलन कार्यक्रम गरिएको नगर कमिटीका सचिव सुमन कटुवालले बताए ।

दीप प्रज्वलन कार्यक्रम संघका नगर अध्यक्ष कमल जंग दाहालको अध्यक्षतामा भएको सहसचिव मनिस कोइरालाले बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला कमिटी अध्यक्ष सुजन लामाले सामाजिक आवश्यकताका आधारमा युवाहरू अघि बढ्नु पर्ने बताए । युवाहरू सधै सकारात्मक सोचका साथ अघि बढेमा समाज सहि दिशातर्फ जाने बताए ।

FB_IMG_1715708706526

 युवा संघको भूमिका देशमै उच्च रहेको बताउँदै बदलिँदो राजनीतिक वृत्तमा अब युवा उदाउनुपर्ने बताउँदै अब युवाहरू युवा संघ मार्फत बिकास र समृद्धिको बिगुल फुक्न सबै युवा एकजुट हुनुपर्ने नगर अध्यक्ष कमल जंग दाहालले बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य जितेन्द्र थापा सुनसरी अध्यक्ष सुजन लामा, सुनसरी कोशाध्यक्ष रोसन सिं लामा, राजन बानियाँ साथै केन्द्रीय, जिल्ला, नगर कमिटीका पदाधिकारि सहित सदस्यहरुको उपस्थिति रहेको संगठन बिभाग उपप्रमुख बिनय निरौलाले बताए ।

FB_IMG_1715708709780