काठमाडौं / युवा तथा खेलकुद मन्त्रालय काठमाडौंले नेपाल स्काउटमा निर्वाचित भएका पदाधिकारीहरु र सबै स्काटरहरू कुनै पनि राजनीति दलमा नलाग्न  ध्यानाकर्षण गराएको छ ।

युवा वर्गको शारिरीक, मानसिक र वौद्धिक विकास गरी अनुशासित, स्वावलम्बी र चरित्रवान बनाई सेवा भावको अभिवृद्धि गर्दै युवालाई देश विकासमा परिचालन गर्ने उद्देश्यले नेपाल स्काउट, विश्व स्काउटको सिद्धान्त र मान्यतालाई आत्मासात गर्दै नेपाल स्काउट ऐन, २०५० बमोजिम स्थापित स्वशासित संस्थाका पदाधिकारीहरु र सबै स्काउटरहरू कुनै पनि राजनीति दलमा संलग्न नहुन अनुरोध गरेको छ । कुनै पनि राजनीति दलमा लागेको खण्डमा कानुन बमोजिम कारबाही हुने युवा तथा खेलकुद मन्त्रालय काठमाडौंले जनाएको छ ।

स्काउटरहरुबाट उजुरी तथा गुनासो प्राप्त भएकाले  मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएको छ ।   कुनै राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्नहुन अनुरोध समेत गरेको छ ।युवा तथा खेलकुद मन्त्रालयद्वारा नेपाल स्काउटका पदाधिकारीहरु राजनीति दलमा नलाग्न आग्रह