इटहरी / इटहरीमा रहेको लिटल फ्लावर्स सेकेन्डरी इङ्लिस बोर्डिङ स्कलमा क्याप्टेन र भाइस क्याप्टेनको लागि चुनाव भएको छ । 

इटहरी वडा नम्बर – ५ मा रहेको लिटल फ्लावर्स सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुुलमा स्कुलको  , रेड हाउस , व्लु हाउस , ग्रिन हाउस , येल्लोे हाउसको क्याप्टेन र भाइस क्याप्टेनको लागि चुनाव भएको छ । विद्यालयमा अध्यनरत कक्षा १ देखि १० सम्म का विद्यार्थीहरूले मतदान गरेका थिए । विद्यालयका ५ सय ७४ जना विद्यार्थी मतदाताबाट ५ सय ३ मत खसेको हो । उनीहरूको मतबाट नै क्याप्टेन छानिने भएको छ । विद्यार्थीहरूमा लोकतन्त्र व्यवस्था अनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोजना गरिएको विद्यालयका  प्रधानाध्यापक पुण्यप्रसाद सापकोटाले बताउनुभयो । उनीहरु नै भविष्यका कणदार हुने भएकाले चुनावको बारेमा जानकारी पाउने उहाँ भनाइ छ ।

सो कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरूको सहभागीता रहेको थियोे । विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रम , विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने , खेलकुद कार्यक्रम तथा सामाजिक कार्य गर्दै आएको छ  ।