इटहरी / माता तिर्थ औसीको अवसरमा आयोजित  कार्यक्रममा  इटहरी वडा नम्बर १६ मा रहेको रामजानकी मन्दिर बृद्धाश्रामका आमाहरूलाई अखिल नेपाल महिला संघ इटहरी उपमहानगर समितिद्वारा फलफूल तथा कपडा वितरण गरेको छ ।

बृद्धाश्रामका १४ जना बढी आमाहरूलाई फलफूल ,कपडा र नगद वितरण गरेको हो । आमाहरूलाई  महिला संघले गरेको सहयोग ठुलो हुने नगर कमिटीका अध्यक्ष कमला निरौलाले बताउनुभयो । सबै जनालाई आमालाई सम्मान गर्दै  उहाको भनाइ छ ।

आमाहरू लाई सम्मान गरेर आयोजना गरेको कार्यक्रमले बृद्धाश्रामलाई ठूलो सहयोग भएको रामजानकी बृद्धाश्रामका अध्यक्ष खगेन्द्र आचार्यले बताउनुभयो । सो कार्यक्रममा महिला संघका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।IMG_20240507_142140