सुन्दरहरैंचा / पौडेल वंश महासङ्घ नेपाल कोसी प्रदेश समितिको दोस्रो प्रदेशको अध्यक्षमा  राजेन्द्रप्रसाद पौडेल सर्वसम्मतले निर्वाचित भएका छन् ।

पौडेल वंश महासङ्घ नेपाल कोसी प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा धनकुटाका राजेन्द्रप्रसाद पौडेलको नेतृत्व १३ जनाको कार्यसमिति भनेको छ । 

समितिको दोस्रो प्रदेश अधिवेशनबाट धनकुटाबा राजेन्द्रप्रसाद पौडेल अध्यक्ष ,झापाका तेजबहादुर पौडेल उपाध्यक्ष ,मोरङका मेघराज पौडेल सचिव ,उदयपुरका घनश्याम पौडेल सह-सचिव , सुनसरीका ज्ञान बहादुर पौडेल कोषाध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा भोजपुरका ज्योति पौडेल , संखुवासभाका दुर्गेश पौडेल ,तेह्रथुमका घनश्याम पौडेल , खोटाङका पवन पौडेल , ओखलढुंगाका छत्रबहादुर पौडेल, पाँचथरका विष्णुलाल पौडेल , इलामका डिकबहादुर पौडेल र ताप्लेजुङका मानबहादुर पौडेलले नयाँ कार्यसमितिमा चयन भएका छन् ।

शपग ग्रहण लिदै गर्दा नयाँ नेतृत्वले पौडेल वंशको हक हितका काममा लाग्ने वर्तमान अध्यक्ष राजेन्द्रप्रसाद पौडेलले बताए । IMG_20240504_124508

पौडेल वंश महासङ्घ नेपाल कोसी प्रदेश समितिको दोस्रो प्रदेशका निवर्तमान अध्यक्ष विजय पौडेलको अध्यक्षता तथा पौडेल वंश महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष हरिराम पौडेलको प्रमुख अतिथिमा अधिवेशन गरिएको थियोे । अधिवेशनमा ९ जना जेष्ठ नागरिक र एक जना खेलाडी र कलाकारलाइ सम्मान गरिएको थियोे ।

कार्यक्रमका विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमख केदार प्रसाद गुरागाईले संस्थाको विकासमा हातमा हात मिलाउदै जाने बताउनुभयो । संस्थालाई नगरपालिकाले सहयोग गर्ने समेत उहाँको प्रतिवद्धता भनाई राख्नुभएको थियो । अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिहरुको  बाक्लो उपस्थिति रहेको थियो । 

IMG_20240504_154714