भोजपुर / जिल्ला कारागार कार्यालय भोजपुरका कैदीबन्दी रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ । 

कारागारमा रहेका कैदीबन्दीको सहजता साथै  विद्युत् अवरोध भएको समयमा वैकिल्पिक श्रोत लागि गाउँपालिकाले रु.७० हजार बराबरको सोलार सेट वितरण गरिएको छ । कैदीबन्दी तथा कारागार कार्यालयले गाउँपालिकामा माग गरे अनुसार राम्रो क्षमताको सोलार सेट वितरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राई निर्माणले जानकारी दिनुभयो । वितरण गरिएको सोलारको सहिपदुयोगको लागि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

गाउँपालिकाले आवश्यकताको आधारमा माग भएअनुसार विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले सोलार वितरणले सहजता भएको कारागार कार्यालयका चौकीदार भिमसेन राईले बताउनुभयो । विद्युत अवरोध भएको अवस्थामा निकै समस्या हुने गरेकोले सोलार जडान पश्चात सहजता हुने उहाँको भनाइ छ ।

कारागार कार्यालय भोजपुरमा चार महिला, एक आश्रित नावालिक र एक सय तीन पुरुष गरी एक सय आठ जना कैदीबन्दी रहेको जेलर केशवप्रसाद खनालले जानकारी दिनुभयो । कार्यालयको अनुरोधलाई स्विकार गरेर गाउँपालिका गरेको सहयोगले कामकाजमा सहजता हुने उहाँको भनाइ छ ।