सुन्दरहरैँचा / मोरङको सुन्दहरैँचा नगरपालिकाले अवकाश भएका दुई कर्मचारी पुण्यप्रसाद ढकाल र भीमकुमार चौधरीलाई बिदाई गरेको छ ।
उनीहरूलाई कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाईं,उपप्रमुख अकली चौधरी,प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने लगायतले मायाको चिनो, प्रशंसापत्र, टिका तथा खादा लगाएर बिदाई गरेका छन् ।
लामाे समय देखि राष्ट्रसेवामा समर्पित नगरपालिकामा लेखा अधिकृतको रूपमा कार्यरत ढकालले स्वेच्छिक अवकाश लिएका थिए । चौधरी उमेरहदका कारण अवकाश भएका हुन् । विधिवत रूपमा सेवानिबृत्त जीवन जिउन सुन्दरहरैँचा नगरपालिकावाट बिदाई भएको ढकालले बताएका छन् ।


