सुनसरी / सुनसरीको वराहक्षेत्र चतराधाममा जारि वाह्रवर्से पिण्डेश्बर पुर्ण महाकुम्भ मेलामा नेपाल खेलकुद महासंघ सुनसरीले नेपाल खेलकुद महासंघ इनरूवा नगरकमिटिको सहकार्यमा शनिबार निशुल्क फलफूल वितरण गरेको छ ।
गत चैत २७ गते सुरु भएको वाह्रवर्से पिण्डेश्बर पुर्ण महाकुम्भ मेलामा नेपाल खेलकुद महासंघले मेलामा आउने निशुल्क ११०० जना भन्दा
बढी श्रद्धालु भक्तजनहरूलाइ फलफूल, पानी वितरण गरेको छ ।

मेलामा आउने भक्तजनलाई निशुल्क फलफुल वितरण गर्नु भनेको सेवा तथा पुण्यको काम भएकोले नेपाल खेलकुद महासंघ खेलकुद क्षेत्रमा मात्र नभएर सामाजिक कार्यमा समेत सक्रिय सस्था भएकोले नेपाल खेलकुद महासंघ केन्द्र, प्रदेश जिल्ला सथै नगर कमिटीको निर्णय अनुसार महाकुम्भ मेलामा काक्रा, खरबुजा, पानी बाडेको नेपाल खेलकुद महासंघ सुनसरी संयोजक बिकल पौडेलले बताउनुभयो।

शनिवार कुम्भ मेलामा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली समेत आउनुभएको र त्यसदिन अत्याधिक भिड र गर्मी पनि भएकोले केही राहत होस भनेर फलफूल र पानी वितरण गरिएको नेपाल खेलकुद महासंघ इनरूवा अध्यक्ष सरोज बस्नेतले बताउनुभयो।
बितरण नेपाल खेलकुद महासंघ केन्द्र कोशी प्रदेश सुनसरी जिल्ला कमिटी र इनरूवा नगरकमिटिको सहकार्यमा फलफूल तथा पानी वितरण सहित प्रमुख अतिथि पुर्व प्रधानमन्त्री ओलीलाइ स्वागत गरिएको नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव बिप्लब घोषले बताउनुभयो।
गएको चैत २७ गते सुरु भएको पूर्ण महाकुम्भ मेला यही वैशाख २८ सम्म चल्नेछ । शनिबार मात्रै ४ लाख बढी भक्तजनको सहभागीता रहेको थियोे ।


