संखुवासभा / संखुवासभाको मादी नगरपालीका २ ले आफ्नो वडाका ग्रामीण बाटोको स्तरउन्नतिका कामलाई निरन्तरता दिएको छ ।
विकट ठाँउ, निम्न जनस्तर, नगर कै हिसाबमा हेर्ने हो भने पनि पछाडी परेको वडा न. २ स्थानीय सरकारको अनुभुति दिलाउने गरि काम गर्ने तर्फ अग्रसर रहेको देखिन्छ । शिक्षा, स्वस्थ्य, खानेपानी, विधुत, यातायात जस्ता जनताका आधारभुत सेवा सुबिधामा सबैलाई समेटेर अगि सरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेटको फागुनको अन्त्य सम्म आइ पुग्दा, ८० प्रतिसत काम सम्पन्न गरि सकेको छ । बाटोमा सोलिङ लगाउने कार्यलाई भने दुर्त गतिमा काम गर्दै आएको छ । २ वर्ष कै अवधीमा ३ हजार ३ सय मिटर सोलिङ सम्पन्न गरि सकेको छ । स्थानीयको कृषि जन्य सामाग्रीलाईलाई सहजै ढुवानी गर्न आफुहरुले बाटोलाई स्तरउन्नति गर्ने वडा अध्यक्ष रमेशकुमार कार्कीले बताउनुभयो ।
त्यस्तै मादी नगरको गौरवको आयोजना फुसको छानो हटाउ भने अभियानलाई पनि वडाले नगरको सहर्कायमा आफ्ना वडाका कुनै पनि घर जस्ता पाता लगाउन सहजिकरण गर्दै आएको छ । स्थानीयको जनस्तर उकास्ने गरि विभिन्न प्रकारका तालीममा पनि स्थानीय सग समन्वय गर्दै तालीम गर्नका लागि प्रोत्साहन गर्दै आएको छ ।
वडा नम्बर २ मा ३ वटा विधालय रहेका छन । जसअनुसार २ वटा आधारभुत बिधालय र १ वटा माध्यामिक विधालय छ । मादी नगरपालीका २ कोपि पकेट क्षेत्र पनि हो । आफू आएपछि सचीव खोज्दै अन्यत्र जानू पर्ने अवस्था पनि हटेको र गरिब विपन्नलाई सहज हुने तरिकाले काम गरेको वडा सचीव सोम प्रसाद जैसीले बताउनुभयो ।
रत्न बहादुर लिम्बुका अनुसार पहिलेको कार्यकालको तुलनामा स्थानिय सरकारले अहिले दुर्त गतिमा काम गरेको र आफ्नो टोलमा खानेपानी अभाव भएको हुँदा त्यसको समाधान गर्न समेत लिम्बुले अनुरोध गरेका छन् ।
फुसको छानो हटाउन वडा सरकारले महत्त्वपूर्ण भुमिका खेलेको र खेल्दै आएको र विकास निर्माणका काममा पनि वडाले गरि रहेको र नेतृत्व वर्गमा युवाको महत्त्वपूर्ण भुमिका रहने हर्कबहादुर खत्रीले बताउनुभयो ।
तुलनात्मक हिसाबले वर्तमान अवस्थाम वडामा राम्रो काम भै रहेको स्थानीय लोकेन्द्र गुरुङले बताउनुभयो ।
भूगोल अफ्ट्यारो भएको र ठूलो भूगोल रहेको र विकास निर्माणका कार्य अगाडि बढाउन चुनौती रहेको वडा अध्यक्ष रमेशकुमार कार्कीले तर्क गर्नु भयो ।
वडाले वडावासिहरुमा आफ्ना सेवाहरु सर्वसुलभ र छिटो छरितो रुपमा उपलब्ध गराउनुका साथै स्वच्छ र सफा खानेपानिको सुविधा उपलब्ध गराउने, स्थानीय स्तरमा उत्पादन हुने सब्जीको बजार व्यवस्थापन गर्ने र प्रत्येक टोलहरुबाट बजार आउन जान यातायात चल्न सक्ने किसिमले कच्चि सडकहरुलाई क्रमश सोलिङ गर्ने ,यहाँका सचेत नागरिकको उज्वल भविष्य प्रति एक दमैं उत्साहित, उत्प्रेरीत अनि लगनशील तरिकाले काम गरि सबैलाई आपन्त्व हुने तरिकले कम गर्ने जनप्रतिनिधिहरुको साझा प्रतिबद्धता रहेको छ ।


