सुनसरी  / भोजपुरको टेम्केमैयुङ गाउँपालिका- ९ लेखर्कका १० विपन्न दलित परिवारलाई जनता आवास कार्यक्रममार्फत नयाँ घर पाएका छन् । आर्थिक अवस्था कमजोर भएका घर बनाउन नसकेर टहरामा बस्दै आएका विपन्न परिवारले घर पाएका छन् ।

गाउँपालिकाले गरिबीका कारण वर्षौंदेखि टहरामा पालमुनि बस्दै आएका उनीहरूलाई परिवारको पहिचान गरेर घर निर्माण गरिएको हो । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको थियोे ।

एक परिवार बराबर रु तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको हो । गरिब तथा विपन्न दलित परिवारको घर निर्माणले उनीहरूलाई सहजता भएको वडाध्यक्ष -९ का नभराज माङपाहाङले बताए ।

नयाँ जनप्रतिनिधि आएर छस्ता पाता सँगै नयाँ घर पाएको खुसि भएको स्थानिय इन्दिरा दर्जीले बताइन् ।