काठमाडौं / काठमाडौं धनकुटा सम्पर्क समाजको ७ औ साधारण सभा सम्पन्न भएको छ । धनकुटाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा ८ गते भएको साधारण सभा बाट प्रेम बहादुर बस्नेतको नेतृत्वमा १३ सदस्य कार्यसमिती चयन भएको छ।।
कोशी प्रदेशको धनकुटा जिल्ला बाट काठमाडौं मा बसोबास गर्दै आएका व्यक्तिहरुले धनकुटा को बिकास कसरी गर्न सकिन्छ र धनकुटा जिल्ला लाई समृद्धि बनाउन पार्टी जुनसुकै भए पनि आफ्नो जिल्ला को बिकासको लागि एकजुट हुनु पर्ने भन्ने भावनाका साथ काठमाडौं धनकुटा सम्पर्क समाज लाक्पा तामाङले बताउनुभयो।

साधारण सभाले कार्यसमिती उपाध्यक्षमा चिनिमाया दाहाल, सचिबमा होम ब गोम्देन तामाङ कोषाध्यक्षमा विल ब थापा साथै सदस्य हरुमा सरोज पौडेल , हिक्मत बहादुर थापा, प्रमिला आचर्य, अप्सरा बरुवाल,रेनु बस्नेत, गिता तामाङ , अप्सरा बरुवाल निर्वाचित हुनुभएको छ।।
कार्यक्रममा विशेष अथितिमा चर्चित लोक गायक शम्भु राई, बुढानिलकण्ठ नगरपालिका का प्रमुख मेयर मिठा राम अधिकारी लगायत समाजसेवी, बुद्धिजीवीको उपस्थिति रहेको थियो।।
आबका दिनमा धनकुटा वासिको हरेक दुख पीडा समस्यामा सदैब समाजसेवा गर्दै आगाडी बढ्ने कार्यक्रमका अध्यक्ष बस्नेत ले बताउनु भयो।



