महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय भगबती चौधरीले मन्त्रालयका सबै शाखा प्रमुख लाई बोलाएर जनताले पाउनु पर्ने सेवा छिटो, छरितो र सहज ढङ्गले पाउने अवस्था सिर्जना गरी सुशासन कायम गर्न निर्देशन दिनुभएको छ।

मन्त्रालयमा न्यून काम हुन्छ भन्ने दृष्टिकोणलाई परिवर्तन गरी महिला हिंसा न्यून गर्न पहल गरी विभिन्न तह र तप्कामा समानता कायम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन छ।