पथरी शनिश्चरे / पथरी शनिश्चरे वडा नं. ८ ले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बमोजिम निःशुल्क नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । 
‘वडा नम्बर ८ को आकृति, 
जोगाऔं हाम्रो संस्कृति’ 
     भन्ने मूल नाराका साथ वडाका महिला तथा पुरुषहरूलाई निःशुल्क नेपाली मौलिक नौमती बाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको    हो । आफ्ना मौलिक संस्कृति तथा बाजाहरुलाई संरक्षण तथा पुस्ता- हस्तान्तरण गर्नको लागि तालिमको आयोजना गरिएको वडा   अध्यक्ष नवीन कार्कीले बताउनुभएको छ ।  
       वडाले यसअघि लिम्बु जातिको केलाङ (च्याब्रुङ) नाच, राई जातिको साकेला सिली १/१ महिना निःशुल्क प्रशिक्षण गराएको थियो भने आवश्यक बाजा समेत सहयोग गरेको छ । साथै यसअघि नै थारु जातिको पोशाक वितरण गरिसकिएको छ ।
FB_IMG_1712107633663