दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० बुद्ध चौक स्थित दुहबी ईनरुवा सडक छेउमा एक पुरूष मृत फेला परेको छ ।
बुद्ध चौक स्थित दुहबी ईनरुवा सडक छेउमा बिहीबार बिहान एक पुरुष मृत अव्स्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीका प्र.नि. मोहन पोखरेलले जनाएका छन् । मृतक पुरुष दुहबी १० घर भएका अन्दाजी ३८ वर्षको रमेश हरीजन रहेको प्र.नि. पोखरेलले बताए । हरिजनको शव पोस्टमार्टम गर्न जिल्ला अस्पताल ईनरुवा पठाएको बताए ।


