तेह्रथुम /  तेह्रथुमको म्याङलुङ नगरपालिका- ६ सुर्केमा बस्ने ४६ वर्षीय दिपक लिम्बूले श्रीमती ५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

दिपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित  सोमबारदेखि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।