भोजपुर / भोजपुर नगरपालिका- १२ टक्सार स्थित मालबाँसेका आगलागी पीडितहरूलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र यशोधरा माध्यमीक विद्यालयको तर्फबाट राहत प्रदान गरिएको छ । 

आगलागी पीडित स्थानीयहरूलाई एनआरएनएको तर्फबाट अस्थायी आवास निर्माणका लागी २५ बन्डल जस्तापाता र यशोधरा माध्यमीक विद्यालयका शिक्षक,विद्यार्थीहरूको तर्फबाट प्राप्त नगद करिब रु पचास हजार आज नगरप्रमुख कैलाश कुमार आलेले आगलागी पीडितलाई हस्तान्तरण गर्नुभएको हो ।

यस अघि नगरपालिका र वडाको तर्फबाट पीडित परिवारलाई तत्काल अस्थायी आवासका लागी जस्तापाता, खाने पानीका लागी धारा जडान तथा हिलटेन्की, विद्युत् जडान, खाद्यान्नका लागी चामल,दाल,नुन तेल, साबुन, लत्ताकपडा आदि सामग्री प्रदान गरेको उल्लेख गर्दै नगर प्रमुख कैलाश कुमार आलेले सहयोगी संस्था एनआरएनए र यशोधरा विद्यालयलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो । 

एनआरएनए र यशोधरा विद्यालयलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय नगर क्षेत्रमा भएको यो ठुलो विपद् हो । आगलागी घटनाको बारेमा एनआरएनएलाई मैले जानकारी गराएको थिए, उहाँहरूले सहयोग गर्नुभयो । त्यस्तै यशोधरा माध्यमीक विद्यालयका शिक्षक र विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर सहयोग गर्नुभएको छ । यो उदाहरणीय कार्य हो । यसरी नै विपदमा सबै एकजुट भएर आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ ।” 1711814536367

आगलागीबाट स्थानीय नर बहादुर कार्की, विशाल कार्की, पदम कार्की, गजेन्द्र ब कार्की, पुष्प बहादुर कार्की, कृष्ण बस्नेत, मिना श्रेष्ठ लगायतको ७ घर, १० गोठ, लत्ताकपडा, खाद्यान्न, भौतीक सम्पत्ति जल्दा करिब १ करोड ३ लाखको बराबरको क्षति भएको नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आलेले जानकारी दिनु भयो ।