दुहबी / सकारात्मक परिवर्तन बर्ष २०८० को उपलक्ष्यमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रम ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र दुहवीमा सम्पन्न भएको छ । 

ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र दुहवीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कोशी प्रदेशमा सञ्चालित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रमा समर्पित ८७ ब्रह्मा कुमारी र २१ जना ब्रह्मा कुमार गरी १०८ जनालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा कोशी प्रदेश स्थित विभिन्न स्थानमा सञ्चालित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र सञ्चालिका, केन्द्रमा समर्पित ब्रह्मा कुमार , ब्रह्मा कुमारी लगायत रहनु भएको छ । झाँकी प्रदर्शनी सहित सांस्कृतिक नृत्य समेतको आयोजना गरि सम्पन्न गरिएको सम्मान कार्यक्रममा प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री भगवती चौधरीले दोसल्ला ओढाएर सम्मान पत्रका साथ ब्रह्मा कुमारी राजयोग केन्द्रमा समर्पित ब्रह्मा कुमार , ब्रह्मा कुमारीलाई सम्मान गर्नुभएको दुहवी केन्द्रकी सञ्चालिका बोध कुमारी दिदिले जानकारी दिनुभयो ।

ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रलाई आफुले सक्ने सहयोग गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री भगवती चौधरीले बताउनुभयो । धार्मिक कार्य ,समाजिक कार्य गर्दै आएकाले धर्म कर्मलाई जोगाउदा आफू खुसि भएको उहाँको भनाइ थियोे ।

ब्रह्माकुमारी राजयोग केन्द्र कोशी प्रदेश क्षेत्रकी क्षेत्रिय संचालिका ब्रह्माकुमारी गीता दिदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभासद् सुनिता गच्छादार, राजयोग प्रशिक्षक ब्रह्मा कुमार तुलसी उप्रेती, दुहबी नगरपालिका उपप्रमुख मेनुका खतिवडा  ,   राजयोग प्रशिक्षिक लगायत आयोजकका प्रतिनिहरूको उपस्थिति रहेको थियो ।सम्मान तथा अभिनन्दन कार्यक्रम ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र दुहवीमा सम्पन्न