इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा जन एकता आमा समुहको आयोजनामा एक महिने नौमति पञ्चेबाजा तालिमको सकिएको  छ ।

नेपाली समाजमा हराउँदै गएको बाजालाई संरक्षण  गर्न इटहरी वडा नम्बर १७ को जन एकता आमा समुहले २० जना महिलालाई एक महिने नौमति पञ्चेबाजा बजाउने सम्बन्धि तालिम सकिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएको इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगित कुमारी चौधरीले इटहरी सरकारको सामाजिक शाखा बाट तालिम आयोजना गरिएको र सिकेको शिपलाई व्यवहार ल्याइ बाजा बजाउने समानको उपलब्ध गराउने उनले बताइन् ।

परम्परागत देखि चलि आएको नौमति पञ्चेबाजा बजाने चलन हराउदै गएकाले तालिम आयोजना गरिएको जन एकता आमा समुहका अध्यक्ष विष्णु कुमारी खड्काले बताउनु भयो ।

तालिममा सहभागी १५ जनालाई इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता कुमारी चौधरी प्रमण पत्र वितरण गर्न भएको थियोे  । स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरूलाई बाजा बजाउने तालिम प्रशिक्षक विद्या घिमिरेले गराउनु भएको थियोे ।

सो तालिम समापन कार्यक्रममा लाटि माइ टोल विकास संस्थाका अध्यक्ष रोशन कुमार बञ्जरा, लाटि माई मन्दिरका नि वर्तमान तथा समाजसेवी बुद्ध कुमार राउत, आयोजक संस्थाकि उपाध्यक्ष सावित्रा खड्का, समाजसेवी विष्णुमान श्रेष्ठ ,

आयोजकका सदस्यहरू ,स्थानीय टोल विकास संस्थाका प्रतिनिधि ,बुद्धिजीवी समाजसेवी लगाएतको सहभागीता रहेको थियो । २०७५ साल देखि स्थापन भएर सामाजिक कार्य देखि आर्थिक सहयोग गर्दै आएको छ । IMG_20240329_230301