इटहरी / इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।
बर्खाको समयमा इटहरी बाढीले डुबान हुने भएकाले अतिक्रमित क्षेत्रमा बनेका संरचना इटहरी उपमहानगरपालिकाले डोजर चलाएर भत्काउन सुरु गरेको छ ।
मंगलबाट बाट इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गर्दै क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर हेमकर्ण पौडेल डोजरसहित खोला पैनीमा पुगेर संरचना भत्काउन थालिएको छ । पटकपटक सूचना जारी गर्दा पनि नभत्काएपछि अवैध संरचना भत्काउन सुरु गरेको पौडेलले बताए । अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको जिकिर छ। तालतलैयाबाट सुरु गरिएको काम सबै वडामा बनेका संरचनाहरू भत्काउदै जाने उनको भनाइ छ ।
टेंग्रा खोला, खेती खोला र सुकुम्बारी पैनीको दुवै किनारबाट ६-६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मानी उक्त खोला पैनीको दुवैतर्फ ६-६ मिटर नछोडिकन बनेका भवन संरचना हटाउन सुरु गरेको छ । सो क्षेत्रका केही संरचना भत्काइएका छन् ।
बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठूलो पानी पर्दा इटहरीमा भयावह स्थिति सिर्जना हुने खतरा रहन्छ। जसले गर्दा हरेक बर्खाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन् ।
अब आउँदो बर्खामा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउन उपमहानगरले अवैध संरचना हटाउन सुरु गरेको हो ।
सरकारलाई कुरालाई समर्थन गर्ने र स्थानीय बासिलाई बाढीबाट बच्न सहज हुने इटहरी २ का वडा अध्यक्ष माधव कोईरालाले बताए । संरचना भत्काउन आउने समस्यालाई समाधान गर्दै काम अगाडि बढाउन सहयोग गर्ने इटहरी ३ का वडा अध्यक्ष उमेश सुवेदीले बताए ।
खोलाको संरचना क्लियर गरेपछि खोलाको दुवैतर्फ २०–२० फुट बाटोसमेत निकालिने हुँदा पर्यटन प्रबद्र्धन हुने, स्थानीयलाई आवतजावतमा सहजता हुने र खोलाको ब्युटिफिकेसनमा सहयोग पुग्ने बताइएको छ । खासगरी इटहरीका ३, ४, ९, १०, ११ र १२ नम्बर वडा बाढी प्रभावित छन् ।


