इटहरी / बालबालिकाको क्षेत्रमा कृयासिल सस्था किवानिज क्लब अफ तरहराको आयोजनामा एप्पल ट्रि मन्टेश्वरी प्राङ्गणमा बृहत स्वास्थ शिविर आयोजना गरिएको छ।
कार्यक्रम किवानिज क्लब अफ तरहराका अध्यक्ष सन्तोष कटुवालको अध्यक्ष ता तथा डिस्ट्रिक गभर्नर तिर्थ कुमार सिंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

नेपाल चिकित्सक संघ र BPKIHS धरान को प्राविधिक सहयोग मा आइतवार भएको शिविरमा ५३३ जनाले सेवा लिएको बिशिष्ट अतिथि नेपाल चिकित्सक संघ धरान अध्यक्ष तथा BPKIHS धरानका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रोसन प्रसाद शाह कलवारले बताउनुभयो।

कार्यक्रममा पुर्वान्चल विश्वविद्यालय प्राध्यापक प्रबिध गजुरेल, किवानिज क्लब अफ इटहरीकि अध्यक्ष मनिता तामाङ लगायत स्थानीय बुद्धिजीवी, समाजसेवीको उपस्थिति रहेको कार्यक्रम संयोजक ओम बस्नेतले बताउनुभयो ।

एप्पल ट्रि मन्टेश्वरी तरहराको प्राङगणमा तरहरा आसपासका बालबालिका र समुदायलाइ लक्षित गरि गरिएको स्वास्थ्य सिविरमा दाँत, कान, आँखा , नाक , घाटि , हाडजोर्नि तथा नसा रोग सम्बन्धि शिविर गरिएको किवानिज क्लब अफ तरहराका अध्यक्ष सन्तोष कटुवालले बताउनुभयो ।



