इटहरी /  फ्रेट वाच जि पाटोमोटु सेक्युरिटि एस डि एन बिएचडी मलेसिया र आरए इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सि प्रा.लि काठमाडौँले संयुक्त रुपमा मृत्यु हुने एस कुमार सुवेदीका परिवारलाई आर्थीक सहयोग गरेको छ ।  

तेह्रथुम जिल्ला स्थिति म्याङ्लुङ नगरपालीकाका स्व. हर्क बहादुर सुवेदीका एक मात्र छोरा एस कुमार सुबेदीको बैदेशिक रोजगारीका क्रममा बिगत ९ महिना अघी मलेसियामा सेक्युरिटि गार्डका रुपमा काम गरि रहदा मृत्यु भएको हो । सुवेदीका  १० वर्ष र ४ बर्षका कलिला २ दुई छोरी र श्रीमती रहेका छन् ।

नेपालमा रोजगारीको सुनुश्चिता  नदेखिएकाले विदेश गएका सुवेदीकोे २५ वर्षको उमेर मै काम सकेर कोठामा फर्कीएर सुतिरहेको अवस्थामा  आकस्मीक निधन भएको थियो । २०७६ साल जेठ २३ गते मलेसिया पुगेका सुवेदीको २०८० असार १६ गते हृदयघातका कारण मृत्यु भएको हो ।

कम्पनिमा काम गरेको अन्तिम महिनाको तलब  ६० हजार ७ सय ६२ को चेक सहित  बिपी कम्प्लेक्स भवनमा मृतक सुवेदीका परिवारलाई ५ लाख सहयोग हस्तान्तरण गरिएको हो । कम्पनिको तर्फबाट डातो श्री गन्धी र डातुक कृष्नानले निज मृतकका दिदी बालकुमारी सुवेदीलाई रकम हस्तान्तरण गरेका हुन् । कम्पनिको यो सहयोगले आफुहरुलाई राहात मिलेको बालकुमारी सुवेदीले बाउनुभयो । 

फ्रेट वाच जि पाटोमोटु सेक्युरिटि एस डिएन बिएचडी मलेसियाका डातो श्री गन्धी,डातुक कृष्नान आरए इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सि प्रा.लि काठमाडौँका वल बहादुर थापा, अगम कार्की ( काजी ) , भिमबहादुर विश्वकर्मा परिवारका तर्फबाट बालकुमारी सुवेदी, महेन्द्र थापा ,योगेन्द्र भण्डारीको उपस्थितीमा चेक हस्तान्तरण गरिएको हो ।