बराहक्षेत्र / सुनसरीको धरानदेखि चक्रघट्टि आउदै गरेको यात्रुवाहक बस नहाह - धरान सडक खण्ड अन्तर्गत तीन ढुवाङ्गे भन्ने ठाउमा दुर्घटना भएको छ ।
चैत १ गते करिब १२ बजेको भएको दुर्घटनामा घाइते भएका यात्रुहरुलाई प्रहरी, नगर प्रमुख रमेश कार्की साथै स्थानीयवासीले उपचारको व्यवस्थापन र सहजिकरण गर्नु भएको छ । दुर्घटनामा घाइते भएका यात्रुहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन् ।



