इटहरी/ रोट्रयाक्ट क्लब अफ इटहरी द्वारा राधाकृष्ण मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

राधाकृष्ण शिव मन्दिर क्षेत्र व्यवस्थापन समितिसँगको सहकार्यमा मन्दिर परिसरमा Nation wide cleaning campaign 2024 अन्तर्गत सरसफाई संगै डस्बिन वितरण कार्यक्रम सम्पन्न गरेको छ।

रोट्रयाक्ट क्लब अफ इटहरी र रोट्रयाक्ट क्लब अफ सुनसरीको संयुक्त आयोजनामा भएको कार्यक्रम रोट्रयाक्ट क्लब अफ इटहरीका प्रेसिडेन्ट मिसन पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा अतिथिहरु राधाकृष्ण शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिस्व रिजाल, KIEC इटहरीका संचालक उमेस भण्डारी, स्थानीय समाजसेवी बुद्धिजीवी साथै रोट्रयाक्ट क्लब अफ इटहरीका सदस्य लगायतको उपस्थिति रहेको थियो।

FB_IMG_1710342537428