सुनसरी / इटहरी ९ स्थित बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले बिविध कार्यक्रमका साथ सातौ अभिभावक दिवस मनाएको छ । 

स्कुलले शनिबार बृहत कार्यक्रम गर्दै अभिभावक दिवस मनाएको हो । इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीको प्रमुख आतिथ्यतामा ‘हामी र हाम्रा धर्म’ शिर्षकमा कार्यक्रम गर्दै अभिभावक दिवस मनाईएको थियो । कार्यक्रममा स्कुलमा अध्ययनरत बिद्यार्थीले ‘हामी र हाम्रा धर्म’ शिर्षकमा बिभिन्न प्रस्तुती दिएका थिए ।

 स्कुलका निर्देशक हरि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सबै जातजाति र समुदायले मान्ने धर्मलाई उत्तिकै महत्व दिईएको थियो । पिजी देखि कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीले आँफै चलाएको कार्यक्रममा बिद्यार्थीले बाजा समेत आँफै बजाएका थिए । कार्यक्रममा बिद्यार्थीले आँफुले पढेको पुरै कितावलाई पाँच सात मिनेटमा अभिनय मार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका लागि तयार पारिएका सबै सामाग्रीहरु बिद्यार्थीलाई सिकाउन हातले बनाईएका थिए । अधिकांस स्कुलका कार्यक्रमहरुमा उच्छृंखल हिन्दि तथा नेपाली गितमा नृत्य गर्ने , गाउने गरेको पाईएता पनि चिजन प्यालेस स्कुलमा भने फरक किसिमको अनुभुति गर्न सकिन्थ्यो । स्कुलले हरेक कार्यक्रमहरु फरक एवं रोचक तरिकाले गर्ने गरेको र यो कार्यक्रममा पनि फरक स्वाद भेटिएको भन्दै कार्यक्रममा उपस्थित अभिभावकहरु मख्ख देखिन्थे  । IMG_20240310_184103

स्कुलको पठनपाठन शैलि फरक रहेको र स्कुलका हरेक कार्यक्रमहरु फरक रहने गरेको अभिभावकहरुको प्रतिकृया थियो । कार्यक्रममा एन प्याब्सनका निबर्तमान अध्यक्ष नारायण सञ्जेल बिशिष्ट अतिथिको रुपमा हुनुहुन्थ्यो ।

यस्तै इटहरी वडा नम्बर ९ का वडासदस्य कल्पन घिमिरे, वडा नम्बर ७ का वडासदस्य दिपक घिमिरे , अभिभाबक , बिद्यार्थी , स्थानिय संघ संस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।IMG_20240310_184120