सुनसरी / प्रत्येक वर्ष विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को छैठौं सुनसरी जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालको प्रमुख आतिथ्यता तथा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । हिसान सुनसरीले नयाँ कार्यसमिति बनाएर शिक्षामा जोड दिएर अगाडि बढ्नु पर्ने हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालले सुझाव दिनुभयो ।
हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले हिसानले सुनसरीमा शिक्षाको क्षेत्रमा काम गर्दै आएकाले अबको नयाँ कार्य समितिलाई शिक्षामा जोड दिन अनुरोध गर्नुभयो । “गुणस्तरीय शिक्षा विकाशको अभियान, हिसान सुनसरीको पहिचान” भन्ने मूल नाराका साथ उक्त अधिवेशन सम्पन्न भएको थियो । हिसान सुनसरीले नयाँ कार्यसमिति बनाउने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख जीवन गड्तौला ,हिसानका केन्द्रीय उपाध्यक्ष युवराज शर्मा , हिसान कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष गणेश दुलाल , हिसान सुनसरीका सचिव हेमन्त भण्डारी , हिसान सुनसरीका वरिष्ठ उपाध्यक्ष पेशल पोखरेल , हिसानका सदस्य अर्जुन प्रसाद न्यौपाने, मुक्तिराज सुबेदी, बिशाल कार्की, रितेश चौधरी, अनिल श्रेष्ठ ,शान्तिराम गौतम, सुवास लुईटेल, फडिन्द्र थापा, कुरन चेम्जोंग र, केशव भट्टराई र मिडिया कोअर्डिनेटर अर्जुन सुवेदीको संलग्नतामा सम्पन्न अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने भने पनि समय अभावका कारणले नयाँ कार्य समिति चयन हुन सकेन ।
नयाँ कार्य समिति चयन हुन नसकेपछि अहिलेकै कार्य समितिलाई काम गर्ने अधिकार निर्वाचन समितिले प्रदान गरेको हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले जानकारी दिनुभयो ।


