सुन्दरहरैचा / अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले श्रमिक महिलालाई सम्मान गरेको छ । शुक्रबार ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयाेजित कार्यक्रममा प्रत्येक वडाबाट छनाेट भएका श्रमिक महिलालाई सम्मान गरेकाे हाे । उनीहरूलाई नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरीलगायतले सम्मान गर्नुभएको हाे ।

Screenshot_2024_0309_074028

सम्मानित हुनेमा चिया पसल व्यवसाय गर्दै आएकी धनकुमारी चाैधरी, सिलाईकटाई व्यवसाय गर्ने सन्जना पाण्डे चिमाेरिया, कृषि व्यवसायी बविता लिम्बू, चन्द्रकला श्रेष्ठ, ज्याला मजदुर गीता बजगाई ढकाल, रूपा थापा, लिला माउा दर्जी, यामकला सुनार, पार्वती उराव, रहेका छन् । यस्तै सिटिसफारी चालक, आशा श्रेष्ठ, पशुपालन गर्ने मिना बाेहाेरा थापा, केयर गिभर देव कुमारी दाहाललाई कार्यक्रमका प्रमुख अतिथि, अतिथि, लगायतले सम्मान गरेका हुन् । सम्मानित हुने महिलालाई दाेसल्ला ओडाएर नगद २ हाजर ५ सयसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हाे ।  

Screenshot_2024_0309_074012

महिला हक, अधिकार, सशक्तीकरण एवं लैंगिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ ।