रामधुनी/ महाशिवरात्रीको अवसर पारेर सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका वडा नं –३ मा उमा महेश्वर शिव मन्दिर सभा भवन सिलान्यास गरिएको छ ।

स्थानीय उमा महेश्वर शिव मन्दिर समिति द्धारा निर्माण गर्न लागिएको उक्त सभा भवनको सिलान्यास नगर प्रमुख शंकरलाल चौधरी र उप प्रमुख तारा थापाले संयुक्त रुपमा गर्नु भएको थियो ।

 महेश्वर शिव मन्दिरका अध्यक्ष गोपाल नेपालको अध्यक्षतामा सम्पन्न उक्त सिलान्यास कार्यक्रमका अवसरमा कार्यक्रमकी विशिष्ट अथिति तारा थापाले सभा भवन निर्माण कार्य सम्पन्न भएपछि विभिन्न गोष्ठी सेमिनार, बैठक लगायतका कार्यको लागि उपयोगी हुने अपेक्षा गरिएको र सभाहल निर्माण सम्पन्न भई सुचारु भए होटलमा हुने गोष्ठी, सेमिनार, बैठकको चर्को मुल्य तिनुपर्ने बाध्यताबाट छुटकरा पाउने आशा राखेको बताउनुभयो । 

Screenshot_2024_0309_065752

सो अवसरमा रामधुनी नगरप्रमुख, उपप्रमुख सहित सैयौको संख्यामा रहेका स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, नागरिक हरू बिच नगरपालिका द्वारा भइरहेका काम र अब गर्न लागिएको कामको बारेमा जानकारी गराउनुका साथै स्थानीयका समस्या र समाधानका बिसयमा अन्तरक्रियात्मक छलफल समेत गरिएको सचिव चुडामणि घिमिरेले बताउनुभयो।

Screenshot_2024_0309_065724

प्रमुख अतिथि चौधरीले पालिकामा मन्दिर संगै सामुदायिक भवन वन्नु राम्रो काम भएको भन्दै यस्ता रचनात्मक कामले धार्मिक आस्था बृद्धि हुने साथै समाजमा बन्धुत्वको भावना बढेरजाने वताउनुभयो । उहाले पालिकाले यस्ता धार्मिक मठ मन्दिरलाई महत्वका साथ हेरको भन्दै आगामी दिनमा पनि यस्ता कामका लागि पालिकाले पनि लगानी गर्दै जाने वताउनुभयो।

भवन निर्माण कार्य सम्पन्न भएपछि विभिन्न कार्यक्रम गर्न सहज हुने भन्दै स्थानीय नागरिकले खुसी ब्यक्त गरेका थिए ।