इटहरी / ‘समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी’ भन्ने नारालाई आत्मसात गर्दै इटहरीका बिभिन्न संघ संस्थाको सहकार्यमा इटहरी नगरपालिका वरपर प्रभातफेरी सहित रक्तदान कार्यक्रम गरिएको छ। ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा अखिल नेपाल महिला संघ सहित बिभिन्न संघ संस्थाको सहकार्यमा इटहरी नगरपालिका अगाडि  रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

अनेमसंघ इटहरी अध्यक्ष कमला निरौलाले रक्तदान जिवन दान भएको भन्दै आवश्यक परेकालाई रेडक्रस सुनसरी बाट संकलित रगत निःशुल्क प्रदान गरिने जनाउनु भयो । प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले महिलाहरू सामाजिकरूपमा पनि सक्रिय भएको र आजको दिनमा श्रमिक महिलाहरूले आन्दोलनको नयाँ चरण आवाज उठाएकोले महत्वपूर्ण भएको बताउनु भयो ।

कार्यक्रम अनेमसंघ इटहरी, राष्ट्रिय युवा संघ इटहरी नेपाल खेलकुद महासंघ इटहरी, अनेरास्ववियु जनता बहुमुखी क्याम्पस सहित बिभिन्न संघ संस्थाको सहकार्यमा सम्पन्न भएको अनेमसंघ इटहरी इन्चार्ज मन्दिरा भट्टराईले बताउनुभयो ।

कार्यक्रममा रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा ६०  पोईन्ट रगत संकलन भएको नेपाल उत्पिडित जातिय मुक्ति समाजका अध्यक्ष डम्बर बराइलिले बताउनुभयो ।

३ जना आर्थिक अवस्था कमजोर भएका श्रमिक महिलाहरु कारखानामा काम गर्ने भगवती सरदार, सफारी चालक लोकमाया तामाङ, मकै पोलेर बेच्ने माला चौधरी लाइ नगद, मायाको चिनो, दोसल्ला द्वारा सम्मान गरिएको अनेमसंघ जिल्ला उपाध्यक्ष बिष्णु सर्माले बताउनुभयो।IMG_20240308_094452