इटहरी / वडा बाल सञ्जाल इटहरी १० द्वारा अभिमुखीकरण क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सुरू गरिएको छ ।
इटहरी उपमहानगरपालिकामा क्षेत्र रहेर बालबालिकाका लागि हकहितका काम गर्दै आएको वडा बाल सञ्जाल इटहरी १० लेइटहरी १० स्थित भलाकुसारी होमस्टेमा दुइ दिने अभिमुखीकरण क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सुरू गरिएको छ ।
दुई दिवसीय कार्यक्रममा बालबालिका बाल अधिकार र बाल सञ्जालको बारेमा जानकारी गराउने , माइनट राइटिङ उद्घोषण गर्न सिकाईने ,साइबर क्राइमको विषयमा सिकाइने र इटहरी २० वटै वडाका प्रतनिधिबिच अन्तरक्रिया गरिने भएको बाल सञ्चाल इटहरी १० का अध्यक्ष सिर्जना बसेलले बताउनुभयो ।
सो कार्यक्रममा ज्ञानोदय माध्यमिक विद्यालयकाका विद्यार्थी, मनमोहन माध्यमिक विद्यालयका विद्यार्थी , प्रेरणा आवासीय माध्यमिक विद्यालयका विद्यार्थी ,बाल-चेतना टोलस्तरीय बाल समूह गरि १ सय ५० बढी विद्यार्थीलाई प्रशिक्षण गराइएको कार्यक्रम संयोजक सुवेच्छा खत्रीले बताउनुभयो । कार्यक्रमको प्रशिक्षक जानुका जमरकट्टेलले गराउनु भएको थियोे ।
वडा बाल सञ्जाल इटहरी १० ले इटहरीमा रहेर क्षमता अभिमुखिकरण तालिम , विद्यार्थीलाई विभिन्न क्षेत्रमा तालिम , खेलकुदका क्रियाकलाप,सरसफाइ अभियान , विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्न सांस्कृतिक नृत्य र विद्यार्थीका हकहितका काम गर्दै आएको वडा बाल सञ्जाल इटहरी १० का सचिव प्रेम खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि रहनु भएको इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीले बालबालिकाको क्षमता विकासमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । बालबालिकाका अधिकारलाई प्रत्याभुत गराउन प्रतिबद्ध रहेको भनाइ राख्नु भयो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अबधेश चौधरी विशिष्ट अतिथि रहनु भएको थियोे । उहाँले इटहरी १० का बालबालिकाकाको हकहितमा आगामी दिनमा काम गरिरहरने र पछाडि फर्केर हेर्दा काम गरिरहेको बताउनुभयो । विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीका लागि बालअधिकार सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरेर बालअधिकारको प्रर्बद्धन र बालअधिकार सम्बन्धी शिक्षा प्रदान गरेकोमा अयोजकलाई धन्यवाद दिए । सो अवसरमा उहाँले तालिमबाट सिकेका विषयलाई व्यवहारिक रुपमा लागु गर्न विद्यार्थीहरूलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा भोइस अफ चिल्ड्रेनका प्रकाश परियार, इटहरी १० की महिला सदस्य तारा ढकाल , अमर श्रेष्ठ, शैशव मञ्च नेपालका अध्यक्ष दिवस कार्की , इटहरीका विभिन्न वडाबाट वडा बाल संजालका प्रतिनिध, विभिन्न टोट विकासका प्रतिनिधि , विभिन्न विद्यालयका शिक्षक ,अभिभावक लगाएतको सहभागीता रहेको थियोे ।



