बराहक्षेत्र नगरपालिकाले पठ्यक्रममा आधारित योग शिक्षालाई शिक्षण सिकाई क्रियाकलापमार्फत प्रभावकारी बनाउन शिक्षकलाई योग प्रशिक्षण सुरु गरेको छ ।
नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद शाखामार्फत सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयका बिषय शिक्षकहरुलाई योग प्रशिक्षण सुरु गरिएको शाकाका प्रमुख उप–सचिव देवेन्द्रबहादुर मल्लले बताउनुभयो । मगङ्लवारबाट सुरु योग प्रशिक्षण ६ दिनसम्म चल्ने छ । प्रशिक्षणमा सहजीकरण योगका अगुवा प्रशिक्षक रमेश नेपालले गर्नुहुनेछ ।
योग शिक्षा पठ्यक्रममा नै समावेश भएकाले शिक्षकहरुमार्फत विद्यार्थीहरुलाइ शिक्षण सिकाईलाई प्रभावकारी बनाउन तालिम दिइएको हो । कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले स्वास्थ्य जीवनका लागि लागि योग शिक्षा आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रशिक्षण नेपालले सभ्य समाजका लागि योग अभ्यास आवश्यक रहेको बताउनुभया


