इटहरी /  इटहरी उप–महानगरपालिका वडा नम्बर १ को आयोजनामा गृहणी, किसोरी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउने तालिम दिईएको छ ।

महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी)का समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन वडाका १५० जनालाई तालिम दिइएको हो ।

            घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम दिइएको हो ।

प्रसिक्षक सुनिता तिवारी हुमागाइले  सेनटरी प्याडको महत्व, प्याड बनाउने तरिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । 

320106276_546605114032580_4741355774882687298_n

                ६० जनाको लागि गर्न लागिएको तालिम  मा स्थानीय १५० भन्दा बढी गृहणि महिला तथा किशोरी हरु उपस्थित भएकोले सबैलाइ तालिम मा सहभागी गराइ ३ दिनको तालिम सम्पन्न गरिएको कार्यक्रम संयोजक तथा वडा सदस्य बिष्णु माया नेपाली ले बताउनुभयो ।

तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै वडा अध्यक्ष रतन कार्की ले सेनेटरी प्याड निर्माणसँगै यसको वजारीरकणका लागि सामुहिक पहलको आवश्यक्ता औल्याउँदै व्यवसायिक निरन्तरताले आत्मनिर्भर बनाउन मद्दत पुग्ने भन्दै आगामी दिनमा वडास्तरमा यस्ता कार्यक्रम सञ्चालन गर्दै लाने बताउनुभयो  ।