स्वास्थ्य

    Showing ५४१-५५० of ५९० items.
  • इनरुवा नगरपालिकाको सेवा भोलिदेखि २० माघसम्मलाई स्थगित

    सुनसरीको इनरुवा नगरपालिकाले भोलि (शुक्रबार)देखि आउँदो २० गतेसम्मलाई कार्यालयको सेवा स्थगित गरेको छ । कर्मचारीभित्रै कोरोना सङ्क्रमण फैलिएपछि कार्यालयको आन्तरिक काम र अत्यावश्यक सेवाबाहेक अरू काम नहुने नगरले जनाएको छ । आज (बिहीबार) सूचना जारी गरी नगरपालिकाले कर्मचारीहरू कोरोना सङ्क्रमित भइ कार्यालय आएर नियमित काम गर्न नसकेकाले सेवा स्थगित गर्नुपरेको जनाएको छ । 

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १९२ पटक पढिएको
  • सुन्दरहरैँचामा ५५ जनामा कोरोना पुष्टि

    सुन्दरहरैँचा । पछिल्लो पाँच दिनमा सुन्दरहरैँचा नगरपालिकामा ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार पाँच दिनमा सुन्दरहरैँचामा २७ जना महिला र २८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र मात्र पाँच दिनमा १४३६ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ । प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । मोरङको सबै भन्दा बढी विराटनगर , झापाको विर्तामोड र सुनसरीको इटहरी , धरान जस्ता स्थानिय तहमा सक्रमितको संख्या बढी फैलिरहेको छ । त्यस्तै बुधबार सुन्दरहरैँचामा ८ जनामा कोरोना भाइरसको संक्

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १६३ पटक पढिएको
  • धरानमा २९ वर्षीय कोरोना संक्रमितको मृत्यु

    इटहरी / धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । कोभिड अस्पताल धरानमा उपचारको क्रममा धरान–१४ का २९ वर्षीय पुरुषको निधन भएको हाे । उपचारका क्रममा मंगलबार साँझ ८:५५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जानकारी दिएकाे छ । लिभरसम्बन्धी समस्या भएका उनमा माघ ३ गते कोरोना पुष्टि भएको थियो ।

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १५७ पटक पढिएको
  • झुम्कामा मास्क बाँडेर मजदुरलक्षित कोभिड सचेतना

    ‘हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी, सचेतना अपनाई हटाऔँ महामारी’ भन्ने नारासहित आज रामधुनी नगरपालिकाको झुम्का बजारमा सात सयभन्दा बढी व्यक्तिलाई मास्क वितरण गरिएको छ ।  झुम्का जेसिज तथा झुम्का जुनियर जेसिजआबद्ध युवा तथा किशोर–किशोरीको टोलीले आज बिहान झुम्का बजारमा सञ्चालन गरेको स्थलगत कोभिड सचेतनासम्बन्धी कार्यक्रमका क्रममा सर्वसाधारणलाई मास्क वितरण गरेको हो । टोलीले बिहान ८ बजेदेखि दिउँसो ११ बजेसम्म रामधुनी नगर हाटबजार परिक्रमासहित सर्वसाधारणलाई मास्क वितरण गरिएको थियो । सडकमा मास्क नलगाई हिँड्ने पैदल तथा साइकल यात्री, मोटर साइकललगायत सवारीसाधन प्रयोगकर्तालाई रोकेर मास्क प्रयोगको महत्त्वस

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १६१ पटक पढिएको
  • नोबेल मेडिकल , के.एम.सी बिध्यार्थी आन्दोलनमा नागरिक समाज र अभिभावकलाई ऐक्यवद्धताका निम्ति अपिल

    सुन्दरहरैँचा । नोबेल मेडिकल र के.एम.सी लगायत मेडिकल कलेजहरुमा चलिरहेको बिध्यार्थी आन्दोलनमा नागरिक समाज ,अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति बिध्यार्थी संगठनले अपिल जारी गरेको छ ।मंगलवार संयुक्त बिध्यार्थी संगठनका जारी बिज्ञप्तिमा देशभरका मेडिकल बिध्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गर्दै बिज्ञप्ति जारी गरेको हो । नेबिसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन बैध्य निकट अखिल(क्रान्तिकारी)का हरिकृष्ण गजुरेल ,

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १६८ पटक पढिएको
  • केएमसीमा विद्यार्थीले गरे तोडफोड, शुल्क घटाउन आनाकानी गरेको आरोप

    आन्दोलनरत विद्यार्थीले काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा तोडफोड गरेका छन् । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)निकट विद्यार्थीले आज (मङ्गलबार) कलेजमा ढुङ्गामुढा गरेका हुन् ।कलेजले विद्यार्थीले राखेका माग पूरा गराउन आनाकानी गरेकाले आफूहरूले आन्दोलन चर्काएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।यसअघि पनि कलेज सञ्चालक सुनील शर्मालाई मोसो लगाउने प्रयास नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीले गरेका थिए । कलेजले विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन् । काठमाडौँ विश्वविद्यालय, शिक्षा मन्त्रालय र चि

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १६० पटक पढिएको
  • सिटिइभिटी सबै परीक्षाहरू स्थगित

    सुन्दरहरैंचा। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ । कोभिड सङ्क्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरूको सङ्ख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिए । परिषद्ले यही १५ गते बायो मेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । परिषद्ले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्त्रगतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तत्कालको लागि अर्को निर्णय नभएसम्

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १५१ पटक पढिएको
  • माघ १५ गतेदेखि विद्यालयहरु खुल्ने

    काठमाडौं । सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् । 

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १६४ पटक पढिएको
  • कलेज प्रशासनविरुद्ध विद्यार्थीहरु आन्दोलित सञ्चालक सुनिल शर्मा अमेरिका

    काठमाडौं: काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्मा अमेरिका प्रस्थान गरेका छन् । यता कलेज प्रशासनविरुद्ध विद्यार्थीहरु आन्दोलित रहेको अवस्थामा शर्मा भने अमेरिका पुगेका छन् ।उनी हिजै विहान अमेरिकाको लागि उडेका हुन् । हिजोमात्रै विद्यार्थीहरुले कलेजमा ताला लगाएका थिए । पछिल्लो समय कलेजले तोकिएको भन्दा महँगो शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।यो बीचमा सरकारले पनि कलेज सञ्चालकसँग छलफल गरिसकेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले त गृहमन्त्री बालकृष्ण खाँणलाई कलेजलाई कारबाहीको लागि आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १६७ पटक पढिएको
  • वीपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव: आन्दोलनरत पक्षले गर्याे स्वागत, कर्मचारी समाजले गर्याे विरोध

    सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न पठाएको स्वास्थ्य मन्त्रालय बाह्रौँ तहका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव कार्यभार सम्हाल्न प्रतिष्ठान आई पुगेका छन् । उनी सगैं प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एक जना उपसचिव पठाउने निर्णय गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले सुनसरीस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठान पठाएको छ । यादव र अधिकारी आज प्रतिष्ठान पुगेका हुन् ।छानबिन समितिले दोषी देखाएका प्रतिष्ठानका बहालवाला ३ पदाधिकारीहरूलाई काम गर्न

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]